टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन २, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २ असोज , खाँदबारी (सङ्खुवासभा) – सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
  • खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा टयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो।
  • मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयकाप्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

 

२ असोज , खाँदबारी (सङ्खुवासभा) – सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।Worldlink adsखाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा टयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयकाप्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। टयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो। नदीले बगाएको उक्त टयाक्टरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?