घरमा झगडा भएकै दिन श्रीमतीको हत्या, श्रीमान फरार

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र १३, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १३ भदौ, हेटौंडा ।
  • हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा ९ भदौमा २३ वर्षीया युवती एलिसा न्यौपानेको हत्या भयो ।
  • हेटौंडा–११ थानाभर्‍याङकी न्यौपानेको शव भदौ १० गतेमात्रै होटलको कोठा नम्बर २०५ मा फेला पर्‍यो ।

 

१३ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा ९ भदौमा २३ वर्षीया युवती एलिसा न्यौपानेको हत्या भयो ।हेटौंडा–११ थानाभर्‍याङकी न्यौपानेको शव भदौ १० गतेमात्रै होटलको कोठा नम्बर २०५ मा फेला पर्‍यो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार न्यौपानको हत्या होटलमै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘अनुसन्धानमै रहेकाले आरोपितको परिचय खुलाउन मिल्दैन, तर घटनामा संलग्नका पहिचान भएर उनको खोजी भइरहेको छ’, डीएसपी भण्डारीले भने । प्रहरी ती युवकको परिचय नखुलाए पनि एलिसाका परिवारले भने हेटौंडा–४, कमलडाँडाका समीर खानले हत्या गरेको आरोप लगाएको छ । हाल समीर फरार छन् । परिवारका अनुसार एलिसा र समीर ७/८ वर्षदेखि श्रीमान श्रीमतीका रुपमा बस्दै आएका थिए ।एलिसाको हत्या भएको दुई दिन पछिसम्म अर्थात् ११ भदौसम्म खानले एलिसाका १७ वर्षीय भाइसँग सामाजिक सञ्जालमा कुराकानी गरेको पाइएको छ । जसमा समीरले आफूले अञ्जानमै हत्या हुन पुगेको स्वीकारेको एलियाको परिवारले जनाएको छ । ‘सरी, पाप भयो, मेरो सानो गल्तीले ज्यान गयो झगडा पर्दा, बाँकी अब कुरा चौकी जान्छु म आफैं,’ उनले एलिसाका भाइसँग ह्वाट्सएपमा लेखेका छन् ।आरोपित खानले होटलमा पुगेपछि सुरुमा राम्रो कुराकानी भएको र पछि पुराना कुरा निस्किएर झगडा परेको भनेका छन् । ‘दुवै जनाबाट हात हालाहाल भयो, हान्दाखेरि ज्यान गयो । मैले कति उठाउन खोजेँ तर ज्यान गइसकेको रहेछ’, खान र एलिसाको भाइबीच भएको कुराकानीबारे परिवारले भनेको छ ।परिवारका सदस्यका अनुसार एलिसा ९ भदौमा मात्रै काठमाडौंबाट हेटौंडा फर्किएकी थिइन् । त्यही दिन उनको हत्या भएको थियो ।अनलाइनखबरलाई प्राप्त भिडियो फुटेजमा समीरले एलिसालाई घरमा लगेपछि झगडा परेको देखिन्छ । घर झगडाको दृश्य एलिसाको मोबाइलबाट खिचिएको थियो । एलिसाले भाइसँगको फोन सम्पर्कलाई पनि रेकर्डमा राखेकाले घर झगडामा भएका कुराकानी सुनिन्छ । घर झगडाको क्रममा समीरकी आमाले ‘यसलाई जहाँबाट ल्याएको त्यहीँ लगेर मार्नु’ भन्ने शब्द प्रयोग गरेकी छन् । भिडियोबाट समीर, उनको परिवार र एलिसाबीच विवाद भएको बुझिन्छ । त्यसै दिन हेटौंडाको होटलमा एलिसाको हत्या भएको थियो । अडियो र भिडियोका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरेर समिरकी आमा र श्रीमतीसँग सोधपुछ गरिसकेको डीएसपी भण्डारीले जानकारी दिए । ‘त्यो भिडियोका विषयमा पनि आरोपितको आमा र श्रीमतीलाई ल्याएर सोधपुछ भइसकेको छ’, उनले भने, ‘त्यो झगडाको क्रममा निस्किएको आवेगको बोली हो वा योजनबद्ध घटना थियो भन्ने विषयमा अनुसन्धान गरेर एउटा निष्कर्षमा पुग्छौं ।’

 

समीर–एलिसा सम्बन्ध ?

एलिसा र उनका भाइ सानै हुँदा आमा दोस्रो विवाह गरेर गइन् भने बाबुको मृत्यु भएको थियो । एलिसाका भिनाजु गणेशबहादुर खत्रीले उनीहरुलाई लालनपालन र शिक्षादीक्षाको व्यवस्था गरेका थिए ।१५ वर्षको उमेरमै एलिसाले समिरसँग भागेर विवाह गरेको खत्रीले बताए । ‘१५ वर्ष जतिको थिइन् समीरसँग भागेर पोखरातिर गएर होटल चलाएको भन्थिन मलाई । बिहे गरेपछि मेरो घर २–३ पटक आए । पछिल्ला वर्षमा भने कुनै सम्पर्क थिएन’, खत्रीले भने । समीरको पहिल्यै श्रीमती र बालबच्चा रहेको कुरा एलिसालाई जानकारीमा नभएको खत्रीको दाबी छ ।समीरले विगतमा एलिसालाई घरमै लगेर राखेको र सुरुआती दिनमा दुवै श्रीमती मिलेर बसेको पनि खत्रीले बताए । तर पछि सम्बन्ध बिग्रिएपछि एलिसा र समीर काठमाडौं गएर बसेका थिए । समीर काठमाडौंमा वैदेशिक रोजगारीको एजेन्ट काम गर्थे भने एलिसा दुबई गएकी थिइन् ।एलिसाले आफ्ना भाइसँग मात्रै नियमित कुरा गर्ने गरेकी थिइन् । ‘मेरो परिवार भन्नु दिदी मात्रै हुनुहुन्थ्यो । अब मेरो भन्नु कोही छैन । दोषीलाई कडा कारबाही हुनुपर्छ’, उनका भाइ भन्छन् । उनी हेटौंडामै एक सामाजिक संस्थामा आश्रय लिएर अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँके बस दुर्घटना: स्कुलले मृतकका आफन्तलाई साढे २१ लाख क्षतिपूर्ति दिने सहमति
नवनियुक्त सामान्य प्रशासन मन्त्रीको शपथ आज दिउँसो तीन बजे
मकवानपुर प्रहरीद्वारा सुरक्षा जाँचमा कडाई
भूराजनीतिका कारण अर्थतन्त्र दबाबमै छः उद्योगमन्त्री भण्डारी
देशभर बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
संसद्‌मा गोकुलको प्रश्न- सरकारले सुन्दैन, शून्य समयको के काम ?
ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा
बाढी पहिरोका कारण देशभरका १२ सडक पूर्ण रूपमा अवरुद्ध
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था, कृषि मन्त्रालयलाई ५७ अर्ब
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय वार्ता