श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित २ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण २०, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   २० साउन, काठमाडौं।
  • आफ्नै श्रीमान्‌को हत्या गरेको आरोपमा प्रहरीले उषा सार्कीसहित दुई जनालाई पक्राउ गरेको छ।
  • काठमाडौंको कालोपुल डेरा गरी बस्दै आएका प्रेम महत दर्जी आइतबार बिहान मृत फेला परेपछि प्रहरीले अनुसन्धान गर्दा उनको हत्या भएको पुष्टि गर्दै उनीहरूलाई पक्राउ गरेको हो ।

 

२० साउन, काठमाडौं। आफ्नै श्रीमान्‌को हत्या गरेको आरोपमा प्रहरीले उषा सार्कीसहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौंको कालोपुल डेरा गरी बस्दै आएका प्रेम महत दर्जी आइतबार बिहान मृत फेला परेपछि प्रहरीले अनुसन्धान गर्दा उनको हत्या भएको पुष्टि गर्दै उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीले हत्यामा संलग्न भएको आरोपमा दर्जीको श्रीमती उषा नेपाली र मदन रम्तेललाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ९ घर भएका दर्जीको हत्यामा उनकै श्रीमती उषाको संलग्नता भएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान उषाले मदनसँग अवैध सम्बन्ध राख्दै आएकी थिइन् ।  उक्त जानकारी दर्जीले थाहा पाएपछि हत्या योजना बनेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  एसपी अधिकारीले भने, ‘प्रारम्भिक अनुसन्धानमा दुई जनालाई पक्राउ गरेका छौं, थप अनुसन्धान हुँदैछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ