रास्वपा सभापति लामिछानेमाथि थुनछेक बहस सुरु

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ १०, २०८१
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ ।
  • लामिछाने अदालत हाजिर भएसँगै थुनछेक बहस सुरु भएको हो ।
  • ​​​​​​​बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको अभियोग लामिछानेमाथि मुद्दा छ ।

 

रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ । लामिछाने अदालत हाजिर भएसँगै थुनछेक बहस सुरु भएको हो ।​​​​​​​बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको अभियोग लामिछानेमाथि मुद्दा छ । लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको  इजलासमा थुनछेक बहस सुरु भएको हाे। लामिछानेसँग रुपन्देही जिल्ला अदालतले बुधवार बयान सकेपछि परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडेको थियो ।  जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बहस सुरु भएको जानकारी दिए।  आज सुरुमा वादी सरकारी वकिलको तर्फबाट आधा दर्जन वकिलले  बहस गर्नेछन् । जिल्ला  सरकारी वकिलका प्रमुख  प्रेमराज पौडेल, गोकर्ण घिमिरे वसन्त र उच्चका सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गर्नेछन् ।

बुधवार अदालतमा उपस्थित भएका लामिछानेको समय अभावले थुनछेक बहस हुन सकेको थिएन । त्यसपछि न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाएका थिए । रवि १० बजेर २५ मिनेट जाँदा  अदालत  छिरेका छन्। यता सुशील पन्तको नेतृत्वमा बहस हुनेछ। आज हुने थुनछेक बहसका आधारमा उनी थुनाबाहिर रहने वा थुनामै रहने भन्ने अदालतले आदेश दिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरी र धरान उपमहानगरसहित ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
विपक्षी दलले आजको संसद पनि अवरोध गर्ने
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
धनुषामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ
कसैको घरलाई निसाना बनाउनु समाधान होइन : गुरुङ
भीरमा फालेर ६ वर्षीय छोराको हत्या
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
पूर्णबहादुरलाई कार्यवाहक दिएर महाधिवेशन तालिका ल्याउने तयारीमा देउवा
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
सूर्यदर्शन ठगी प्रकरण: रवि लामिछाने ६५ लाख धरौटीमा रिहा