नक्कली प्रमाणपत्रको आरोपमा महोत्तरीको प्रादेशिक आयुर्वेदकी चिकित्सक साहविरुद्ध मुद्दा दायर
सारांश
- २३ असार, जनकपुरधाम।
- महोत्तरीको जलेश्वरस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा होमियोप्याथिक चिकित्सक (अधिकृत आठौं) पदमा कार्यरत संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप-पत्र दायर गरेको हो ।
२३ असार, जनकपुरधाम। महोत्तरीको जलेश्वरस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा होमियोप्याथिक चिकित्सक (अधिकृत आठौं) पदमा कार्यरत संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप-पत्र दायर गरेको हो । साहले भारतको बिहार संस्कृत शिक्षा बोर्डद्वारा सञ्चालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको भनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको अभियोगपत्रमा उल्लेख छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा होमियोप्याथिक चिकित्सक (अधिकृत आठौं) पदमा नियुक्ति लिई ओहदा, लाभ र सुविधा प्राप्त गरेकी थिइन् ।
प्रतिक्रिया