नक्कली प्रमाणपत्रको आरोपमा महोत्तरीको प्रादेशिक आयुर्वेदकी चिकित्सक साहविरुद्ध मुद्दा दायर

nepaltathya_news nepaltathya_news
|
आइतबार, आषाढ २३, २०८१
|
|
९ पटक हेरिएको
Shares

सारांश

  •   २३ असार, जनकपुरधाम।
  •   महोत्तरीको जलेश्वरस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा होमियोप्याथिक चिकित्सक (अधिकृत आठौं) पदमा कार्यरत संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले​ आइतबार उनीविरुद्ध ​विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप-पत्र दायर गरेको हो ।

 

२३ असार, जनकपुरधाम।  महोत्तरीको जलेश्वरस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा होमियोप्याथिक चिकित्सक (अधिकृत आठौं) पदमा कार्यरत संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले​ आइतबार उनीविरुद्ध ​विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप-पत्र दायर गरेको हो । साहले भारतको बिहार संस्कृत शिक्षा बोर्डद्वारा सञ्चालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको भनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको अभियोगपत्रमा उल्लेख छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा होमियोप्याथिक चिकित्सक (अधिकृत आठौं) पदमा नियुक्ति लिई ओहदा, लाभ र सुविधा प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह
मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुँदै
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न रास्वपाको माग
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आजदेखि
नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा
मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते