Nepal No 1 Online News Portals News site -Nepaltathya.com
बिहिबार, २१ जेठ २०८३, २२ : १७ : ४५ | Jun 4, 2026

तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र ९, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   ९ चैत,काठमाडौं ।
  • सरकारले मंगलबार विशेष कार्यक्रमको आयोजनागरी विश्व क्षयरोग दिवस मनाउने भएको छ ।
  • सोमबार भक्तपुरको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पत्रकारको सम्मेलन आयोजनागरी कार्यक्रमबारे जानकारी गराइएको हो ।

 

९ चैत,काठमाडौं ।

सरकारले मंगलबार विशेष कार्यक्रमको आयोजनागरी विश्व क्षयरोग दिवस मनाउने भएको छ । सोमबार भक्तपुरको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पत्रकारको सम्मेलन आयोजनागरी कार्यक्रमबारे जानकारी गराइएको हो । ‘राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागेको केन्द्रका उपसचिव कमलप्रसाद तिमल्सेनाले जानकारी दिए ।

उनको अनुसार संघ, प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । केन्द्रका अनुसार दिवसका अवसरमा र्याली, अन्तरक्रिया, सचेतनामूलक अभियान तथा मिडिया कार्यक्रमहरू सञ्चालन भएसकेका छन् । केन्द्रले क्षयरोग अन्त्यका लागि सबै सरोकारवालालाई सहकार्य गर्न आह्वान गरेको छ । नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा अनुमानित ६७ हजार नयाँ क्षयरोगका बिरामी रहेका छन् । साथै, हरेक वर्ष करिब १६ हजार मानिसको क्षयरोगका कारण मृत्यु हुने गरेको अनुमान छ ।

गत आर्थिक वर्ष २०८१÷८२ मा ३९ हजारभन्दा बढी औषधि संवेदनशील क्षयरोगका बिरामी पहिचान गरी उपचार गरिएको केन्द्रले जनाएको छ । उपचार सफलता दर औषधि संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधि प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत रहेको छ । देशभर ६ हजारभन्दा बढी स्वास्थ्य संस्थामार्फत क्षयरोग उपचार सेवा उपलब्ध गराइएको छ भने माइक्रोस्कोपी र आधुनिक परीक्षण सेवासमेत विस्तार गरिएको छ । साथै, औषधि प्रतिरोधी क्षयरोग उपचारका लागि विशेष केन्द्रहरू सञ्चालनमा रहेका छन् ।

यद्यपि, अझै पनि करिब ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन नसकेको तथ्यले चुनौती कायमै रहेको देखाउँछ। आर्थिक भार, सामाजिक लाञ्छना र स्रोतसाधनको अभावका कारण रोग नियन्त्रणमा कठिनाइ भइरहेको छ । सरकारले आगामी दिनमा एआई जडित डिजिटल एक्स–रे, द्रुत परीक्षण सेवा विस्तार तथा स्थानीय तहको नेतृत्वमा कार्यक्रम सुदृढ गर्ने योजना बनाएको जनाएको छ । केन्द्रले क्षयरोग अन्त्यका लागि सरकार मात्र नभई निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम र सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द
साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल
कस्तो रहला आइतबार देशभरको मौसम?
भूमि मन्त्री अधिकारीको स्पष्टिकरणः घुस लिएको छैन, चरित्र हत्या गर्न खोजियो
दुई घण्टा ढिला गरी लुम्बिनी पुगे महासचिव गुटरेस
देउवा निवासमै नेविसंघ अध्यक्ष विरुद्ध नाराबाजी
पोखरामा ६० करोडको लागतमा सय बेडको आयुर्वेद चिकित्सालय बन्ने,
स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री
लुम्बिनी प्रदेश सभाः राजश्व संकलनसम्बन्धी विधेयक पारित

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...