मोटरसाइकलको ठक्करबाट एक जनाको मृ*त्यु, तीन घाइते

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, श्रावण २, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २ साउन, काठमाडौं ।
  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
  • सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।

२ साउन, काठमाडौं ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।

बिहीबार राति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएकी स्थानीय ३५ वर्षीया शोभा सिग्देलको उपचारको क्रममा आज मृत्यु भएको हो । बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले शोभा र इन्दिरा कोइरालालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा शोभा सिग्देलको मृत्यु भएको हो भने इन्दिरा कोइरालाको अवस्थामा उपचार भइरहेको छ । मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका–२ कोलिया बस्ने ३५ वर्षीय निशान सिंह ठकुरी र मोटरसाइकल पछाडि बस्ने हुप्सेकोट–२ कोलियाकै ३२ वर्षीय सोमबहादुर सोमैको पनि स्थानीय अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठक प्रहरी परिसरमा, गृहमन्त्रीको प्रशंसा
कैलालीबाट डेढ किलो चरेससहित चार जना पक्राउ
घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार
राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी
वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते
गाजामा इजरायली गोलाबारीबाट कम्तीमा ६९ जनाको मृ*त्यु
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना