एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान

nepaltathya_news nepaltathya_news
|
बिहिबार, पौष ११, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   ११ पुस,  नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदृरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरुको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ ।
  • हालै सम्पन्न भएको एनपिएलमा वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका शेख दाजुभाई फरक–फरक टिमबाट सहभागी हुनु भएको थियो ।
  • वीरगञ्ज–१० कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रमा दुवै खेलाडीलाई जनही ५१ हजार नगदसहित प्रशंसापत्रले सम्मान गरिएकोे हो ।

 

११ पुस,  नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदृरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरुको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ ।

हालै सम्पन्न भएको एनपिएलमा वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका शेख दाजुभाई फरक–फरक टिमबाट सहभागी हुनु भएको थियो । वीरगञ्ज–१० कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रमा दुवै खेलाडीलाई जनही ५१ हजार नगदसहित प्रशंसापत्रले सम्मान गरिएकोे हो । वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानुले वीरगञ्जको प्रतिनिधित्व गर्दै दुवै खेलाडीले एनपिएलमा उत्कृष्ट प्रर्दशन गर्दै वीरगञ्जको नाम राख्न सफल भएको बताउनुभयो ।

“दुवै खेलाडीले वीरगञ्जको नाम मात्र गर्वले उच्च बनाउनु भएको छैन, आगामी दिनमा युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न प्रेरणा पनि दिनुभएको छ,” उहाँले भन्नुभयो, “आगामी दिनमा दुवै खेलाडीले अझ ठुलो सफलता होस् भन्ने शुभकामना दिन चाहान्छु । वीरगञ्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तरर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा म जहिले पनि साथ दिन तयार छु ।” जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफले यस्ता खालका सम्मानले खेलाडीलाई थप उत्साह थप्ने बताउनुभयो । त्यस्तै सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफले आगामी दिनमा खेललाई अझै निखार्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द
पठाओका हाकिम बस्न्यातले गरे काठमाडौं १ बाट चुनाव लड्ने घोषणा
सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल
ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ
विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो
नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै