राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र ८, २०८२
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • ८ चैत,काठमाडौं ।
  • राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज सिंहदरबारमा बसेको छ ।
  • अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारीका विषयमा विस्तृत छलफल भइरहेको छ ।

८ चैत,काठमाडौं ।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज सिंहदरबारमा बसेको छ । अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारीका विषयमा विस्तृत छलफल भइरहेको छ । साथै, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष पद र विभिन्न समिति सभापतिहरूको निर्वाचन प्रक्रिया अगाडि बढाउने विषय पनि प्राथमिकतामा परेको छ ।

यस्तै, हालै नवनिर्वाचित सदस्यहरूको विभिन्न समितिमा विभाजन गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा सहित राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता, प्रमुख सचेतक, सचेतक तथा अन्य प्रतिनिधिहरूको सहभागिता रहेको छ । समितिको बैठकले आगामी अधिवेशनलाई प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक निर्णयहरू गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
प्रधानसेनापति सिग्देल शीतल निवास प्रवेश
प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
आज मन्त्रिपरिषद् बैठक बस्दै,
राजनीति नेपाल र चीनबीच १३ वटा सम्झौता
४२ लाखभन्दा बढीका सामानसहित ट्रक नियन्त्रणमा
‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे