एक बच्चीलाई गाडीले छोयो, उपचार खर्च पार्टीले बेहोर्छ : ओली

nepaltathya_news nepaltathya_news
|
शनिबार, भाद्र २१, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • २१ भदौ, काठमाडौं ।
  • प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनमा आउने प्रतिनिधि कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको विषयलाई राजनीतीकरण गर्न खोजिएको भन्दै दु:ख व्यक्त गरेका छन्।
  • महाधिवेशनको दोस्रो दिनको सत्रमा सहभागी हुन जाँदै गरेका प्रदेशमन्त्री मगर सवार को १ झ ६९९ नम्बरको सरकारी गाडीले आज बिहान ७ बजेतिर ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धि माध्यमिक विद्यालयअगाडि सडकमा स्थानीय ११ वर्षीया उषा मगर सुनुवारलाई ठक्कर दिएको थियो।

२१ भदौ, काठमाडौं ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनमा आउने प्रतिनिधि कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको विषयलाई राजनीतीकरण गर्न खोजिएको भन्दै दु:ख व्यक्त गरेका छन्।

महाधिवेशनको दोस्रो दिनको सत्रमा सहभागी हुन जाँदै गरेका प्रदेशमन्त्री मगर सवार को १ झ ६९९ नम्बरको सरकारी गाडीले आज बिहान ७ बजेतिर ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धि माध्यमिक विद्यालयअगाडि सडकमा स्थानीय ११ वर्षीया उषा मगर सुनुवारलाई ठक्कर दिएको थियो। त्यसपछि आक्रोशित स्थानीयले केही बेर सडक अवरुद्ध गरेको थिए। बालिका उपचारका लागि लाग्ने सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी अस्पताल पठाइएको अध्यक्ष ओलीले जानकारी दिए। अहिले घाइते बालिकाको उपचार बीएन्डबी अस्पतालमा भइरहेको छ।

‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो। अस्पताल लगिसकियो। त्यस्तो कुनै नियत थिएन। पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ। घटनाप्रति दुःख व्यक्त गर्दछु। कहिले-कहिले यस्ता अप्रिय घटना हुन्छन्। त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन विलम्ब हुन गयो’ अध्यक्ष ओलीले भने, ‘भवितव्य घटना भएको हो। त्यस्तो क्षति पनि भएको छैन। यसमा हामी पनि दुःखी भएका छौँ र बच्चीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’ दुर्घटनाकै कारण विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रम निर्धारित समय बिहान ८ बजेभन्दा एक घण्टा ढिला सुरु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?