महावीर पुनले रिसाएर मन्त्री पद छाडेका हुन् : प्रधानमन्त्री

nepaltathya_news nepaltathya_news
|
सोमबार, माघ १९, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • १९ माघ, काठमाडौं ।
  • प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको जानकारी गराएकी छिन् ।
  • सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा पुन रिसाएर हिंडेको बताइन् ।

१९ माघ, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको जानकारी गराएकी छिन् । सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा पुन रिसाएर हिंडेको बताइन् ।

‘जहाँसम्म पुनजी (महाविर पुन) को कुरा छ, उहाँ त रिसाएरै जानुभएको हो । दुई चार कानुन बनाउन भन्नुभएको थियो । ती कानुन राम्रै थियो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तर हामीले छाटो समयमा कानुन बनाएर सहयोग गर्न सकेनौं । अनेक परिस्थिति हुन्छ । सबै कुरा हुँदैन ।’ यस्ता विषयलाई व्यक्तिको अधिकारको रुपमा लिन पनि प्रधानमन्त्री कार्कीले आग्रह गरिन् । पुन शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हराएका आमा छोरीको श*व भेटियो, छोरा अझै बेपत्ता 
+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै
हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन
पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको उद्दार, एक जना पक्राउ
गैरीगाउँ हत्या प्रकरण: सरकारी वकिल कार्यालयमा बुझाइयो रायसहितको प्रतिवेदन
साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल
बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृ*त्यु
मेलम्चीको पानी आजदेखि पुनर्वितरण, प्रधानमन्त्रीले गरे उद्घाटन
मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक बस्दै
रास्वपा सांसदले गरे वेल घेराउ, सभामुखले रोकेनन् बैठक