आज दुई संसदीय समितिको बैठक बस्दै
सारांश
- काठमाडौं ।
- संघीय संसद अन्तर्गत शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ ।
- राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।
काठमाडौं ।
संघीय संसद अन्तर्गत शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो । सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५७ औं बैठक बस्दैछ ।

बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ । यस्तै, बिहानको ११ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१८औं बैठक बस्दैछ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया