बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ ३, २०८१
|
|
१३ पटक हेरिएको
Shares

सारांश

  • मौसम झा (पाठक) ३ असार, जनकपुरधाम ।
  • मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुस्लिम समुदायको महापर्व ईद-उल-अजहा (बक्र ईद) पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
  • आज विहान शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभयो ।

मौसम झा (पाठक)

३ असार, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुस्लिम समुदायको महापर्व ईद-उल-अजहा (बक्र ईद) पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज विहान शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभयो । उहाँले बक्र ईदको अबसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्नुभएको छ । ‘मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग द्वेषलाई विर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ,’ मुख्यमन्त्री सिंहले शुभकामना सन्देशमा भन्नु भएको छ, ‘इस्लाम धर्मावलम्बीहरुले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ ।’

सामाजिक संस्कृति, परम्परा, रितिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु- उहाँले उल्लेख गर्नु भएको छ । उहाँले बक्र ईद पर्वले सबै नेपालीहीहरुबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा
पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा ‘फर्किने घोषणा’ गर्ने !
रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा
विमानस्थलबाट बाहिरिँदै गरेको विमानमा गोली प्रहार
एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
दुर्गा प्रसाईँलाई पक्राउबारे आयोग: अभिव्यक्तिको कारणपक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
एकै दिन कैलालीबाट लागू औषधसहित ९ जना पक्राउ
साँझ ६ बज मन्त्रिपरिषद्को बैठक बस्दै