हुम्लामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, ४ घाइते

nepaltathya_news nepaltathya_news
|
बुधबार, फाल्गुन २८, २०८१
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  •   २८ फागुन, हुम्ला ।
  • हुम्लाको सर्केगाड गाउँपालिका– ८ ढाडकोटमामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
  • ४ जना घाइते भएका छन् ।

 

२८ फागुन, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका– ८ ढाडकोटमामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खसेर पुरिँदा सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार नेत्रकलाको घटनास्थलमै मृत्यु भएको हो । सर्केगाड गाउँपालिका–७ कि तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते भएका छन् । उनीहरू २५ वर्षदेखि २८ वर्ष उमेर समूहका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?