Nepal No 1 Online News Portals News site -Nepaltathya.com
बिहिबार, २१ जेठ २०८३, ०५ : ३० : ४३ | Jun 4, 2026

भेरी–बबई आयोजनाको कानुनी अप्ठयारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्योः गृहमन्त्री अर्याल

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष ९, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   ८ पुस, सुर्खेत ।
  •   गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका–११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मङ्गलवार स्थलगत अवलोकन गरेका छन् ।
  • कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा आज सुर्खेतको वीरेन्द्रनगर आइपुग्नु भएका गृहमन्त्री अर्यालले आयोजना स्थलमा पुग्नु भई आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति तथा आयोजनाले झेल्नु परेका प्राविधिक र प्रशासनिक अप्ठ्याराबारे जानकारी लिएका हुन् ।

 

८ पुस, सुर्खेत । 

गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका–११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मङ्गलवार स्थलगत अवलोकन गरेका छन् ।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा आज सुर्खेतको वीरेन्द्रनगर आइपुग्नु भएका गृहमन्त्री अर्यालले आयोजना स्थलमा पुग्नु भई आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति तथा आयोजनाले झेल्नु परेका प्राविधिक र प्रशासनिक अप्ठ्याराबारे जानकारी लिएका हुन् ।

निरीक्षणका क्रममा मन्त्री अर्यालले परियोजनालाई अहिले परेको कानुनी अप्ठ्यारा पकाउँन आफूले पहलकदमी लिने बताउनु हुँदै परियोजनाका बाँकी कार्यलाई समयमै सपन्न गर्न आयोजना अधिकारीहरूलाई निर्देशन दिए ।
राष्ट्रिय गौरवको आयोजना भए पनि यसको प्रगति र निर्माणका कार्य २०६७ सालदेखि सुन्दै आएकोले अव यस परियोजना छिट्टै सम्पन्न भए तराई र यस प्रदेश अन्तर्गतका जिल्लाका नागरिकले मात्रै नभई समग्र देशले आर्थिक, जलविद्युत र सिचाई क्षेत्रमा आमूल परिवर्तन देख्न र प्रत्यक्ष रूपमा महसुस गर्न पाउने मन्त्री अर्यालले बताए । आयोजनाका वरिष्ठ डिभिजन इन्जिनियर भरत पाठकले आयोजनाले हालसम्ममा ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिए । यस परियोजनाको हाल १२ किमी लामो सुरुङ निर्माण कार्य सकेर, अहिले इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकल क्षेत्रका कामहरू बाँकी रहेकाले परियोजनाको काम ढिलो भइरहेको इन्जिनियर पाठकले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले हिलाम्मे पारेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली
आज संविधान दिवस
२१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा
उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण
बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी
जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
तिहारअघि खुर्कोट-मन्थली पुल सञ्चालनमा ल्याउने तयारी
कांग्रेस सचेतक घिमिरेको प्रश्न- सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...