संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष २, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २ पुस, काठमाडौँ ।
  • प्रतिनिधि सभा विघटनविरुद्ध न‍ेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी भएको छ ।
  • मंसिर २३ गते दायर भएको रिटमा बुधबार संवैधानिक इजलासको आठौँ नम्बरमा परेको थियो ।

२ पुस, काठमाडौँ ।

प्रतिनिधि सभा विघटनविरुद्ध न‍ेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी भएको छ । मंसिर २३ गते दायर भएको रिटमा बुधबार संवैधानिक इजलासको आठौँ नम्बरमा परेको थियो । घिमिरेले रिटमाथि कारण देखाऊ आदेश जारी भएको जानकारी दिए। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ ।

कांग्रेसको रिटमा संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक व्यक्तिको सिफारिसमा संविधानविपरीत संसद् विघटन गरिएकाले तत्काल पुनर्स्थापनाको माग पनि गरिएको छ ।त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै बदर गरी ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउनसमेत माग गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
भ्रष्टाचारीहरूको लर्कोमा मलाई नजोड्नुहोला : बाबुराम भट्टराई
१९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबलमा आज लिग चरणका दुई खेल हुँदै
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
विद्युत् प्राधिकरणको ठेक्का काण्डमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
माओवादीले बाँकेबाट पुनः सुरु गर्‍यो तराई-मधेस जागरण अभियान
संसद् छाडेर बाहिरिए राप्रपाका सांसद
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १७२ जनाको ज्यान गयो