लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य
सारांश
- २५ मंसिर, काठमाडौं ।
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्न लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु जितका लागि एक सय ३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले आठ विकेटको क्षतिमा एक सय ३४ रनको योगफल तयार पारेको हो।
२५ मंसिर, काठमाडौं ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्न लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु जितका लागि एक सय ३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले आठ विकेटको क्षतिमा एक सय ३४ रनको योगफल तयार पारेको हो। लुम्बिनीका लागि ओपनर डार्सी सर्टले बनाएको ४५ रन नै सर्वाधिक रह्यो। उनले ४१ बलमा चार चौका र एक छक्का प्रहार गर्दा सुवास भण्डारीको बलमा मार्टिन गप्टिलको हातबाट क्याच आउट भए।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया