सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

nepaltathya_news nepaltathya_news
|
बिहिबार, श्रावण ८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ८ साउन, सर्लाही ।
  •   सर्लाही भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकेको छ ।
  • कार्यालयले गत आवमा ५८ करोड ७६ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

८ साउन, सर्लाही । 

सर्लाही भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकेको छ । कार्यालयले गत आवमा ५८ करोड ७६ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

तर, कुल ५३ करोड ७३ लाख १७ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सफल भएको भन्सार प्रमुख ठाकुर आचार्यले जानकारी दिए । गत आवमा जम्मा ९१.४३ प्रतिशत राजस्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने ६७ करोड ३९ लाख ९४ हजार रुपैयाँको लक्ष्यमा ४८ करोड ६९ लाख ८४ हजार रुपैयाँ मात्र संकलन भएको थियो । त्यस हिसाबले अघिल्लो वर्षको तुलनामा गत आवमा करिब ५ करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीका कारण झापामा ५ हजार ४ सय परिवार विस्थापित, एकजनाको श*व फेला
दुर्गा प्रसाईंलाई भेट्न गएका ९ जना पनि पक्राउ
लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यले लिए शपथ
वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन
मन्थली नगर अस्पतालमा बिरामीको चाप बढ्दो, जनशक्ति अभावका कारण दैनिक लामो लाइन
मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै