सुर्योदय बहुउद्देश्यीय‌ सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर १३, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   सर्लाही ।
  • मलंगवा नगरपालिकामा रहेको श्री सुर्योदय बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।
  • कार्यवाहक अध्यक्ष उमेश रायको अध्यक्षतामा मंसिर १३ गते संस्थाको कार्यालय प्राङ्गणमा सभा सम्पन्न भएको हो।

 

सर्लाही । मलंगवा नगरपालिकामा रहेको श्री सुर्योदय बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यवाहक अध्यक्ष उमेश रायको अध्यक्षतामा मंसिर १३ गते संस्थाको कार्यालय प्राङ्गणमा सभा सम्पन्न भएको हो।

उद्घाटन सत्रमा मलंगवा नगरपालिका–४ का वडा अध्यक्ष रविन्द्र राय प्रमुख अतिथि रहनुभएको थियो। साथै नेपाल पत्रकार महासंघ सर्लाही शाखाका पूर्व अध्यक्ष विश्वनाथ ठाकुर, एनआईसी बैंक मलंगवा शाखाका सम्बन्ध प्रबन्धक लक्ष्मण राय लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

साधारण सभामा संचालक समितिको तर्फबाट प्रबन्धक खुशनन्दन कुमार यादवले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे। त्यस्तै ऋण समिति सदस्य सरोज यादवले ऋण को अवस्था बारे जानकारी गराउनु भयो।

प्रतिवेदन अनुसार गत असार मसान्तसम्म संस्थाको शेयर पूँजी १७ लाख ९७ हजार ८ सय रुपैयाँ, बचत संकलन ७३ लाख ७४हजार ४५२ रुपैयाँ र ऋण लगानी ५८ लाख ४९ हजार ७९१ रुपैयाँ रहेको छ।

सभाले संस्थाको नयाँ संचालक समिति पुनर्गठन गर्दै अध्यक्षमा विशाल कुमार सोनी, उपाध्यक्षमा प्रिन्स गुप्ता तथा कोषाध्यक्षमा उमेश रायलाई चयन गरेको छ।

साधारण सभाको अवसरमा संस्थाले शेयर सदस्यहरूमध्येबाट उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा एक उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वास्तविक नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
पाल्पामा जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु, १३ घाइते
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
बारा प्रहरीको छापा, ९० बोरा प्याज बरामद
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
सर्वोच्च अदालतका सबै पेशी स्थगित, कुनै मुद्दाको सुनुवाइ नहुने
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
साउदीको एक कम्पनी बन्द हुँदा ४ सय ६९ जना नेपाली अलपत्र
आईपीएल क्रिकेटमा आज बेंगलुरु र चेन्नई खेल्दै