बारा प्रहरीको छापा, ९० बोरा प्याज बरामद
सारांश
- अमरेश कुमार पाण्डेय।
- २७ चैत, बारा।
- जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हाजिर भएको केहि घन्टा मै बारा प्रहरीले छापामारी गर्दै ९० बोरा प्याज बरामद गर्न सफल भएको छ ।
२७ चैत, बारा। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हाजिर भएको केहि घन्टा मै बारा प्रहरीले छापामारी गर्दै ९० बोरा प्याज बरामद गर्न सफल भएको छ ।
बिश्रामपुर गाउपालिका वडा नम्बर २ कान्तिपुरको एक घरमा छापामारी गर्दै ९० बोरा प्याज बरामद गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकाले सुचना पाउनसाथ प्रहरीलाई परिचालन गरेका थिए । बिश्रामपुर गाउपालिका वडा नम्बर २ कान्तिपुर निवासी
जगदिश राउतको घरमा तस्करी गरी नेपाल भित्रयाएको प्याज राखिएको सुचना पाउनसाथ छापामारी साना ठुला गरी ९० बोरा प्याज बरामद गर्न सफल भएको बारा प्रहरीले जनाएको छ । बरामद गरिएको ९० बोरा प्याज बरामद गरी अवाश्यक अनुसन्धान अगाडी बढाइएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया