कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर १३, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • १३ मंसिर, काठमाडौं ।
  • सञ्जय कृष्णमूर्तिको अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्ससमक्ष मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
  • त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन जोडेको हो ।

१३ मंसिर, काठमाडौं ।

सञ्जय कृष्णमूर्तिको अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्ससमक्ष मध्यम लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन जोडेको हो ।

जनकपुरको सुरुवात निकै खराब रह्यो। मात्र ३५ रन जोड्दा टोलीले महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो। ओपनर आसिफ शेख शून्य र मयान यादव ६ रनमै आउट भए। यद्यपि, मध्यक्रमका ब्याट्सम्यान संजय कृष्णमूर्ति र विदेशी खेलाडी जान निकोल लोफ्टी-ईटन ले टोलीको इनिङ्ग्स सम्हाले।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ