बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब रोकियो

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक १२, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १२ कात्तिक, हेटौँडा ।
  • बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा रोकिएको छ ।
  • भदौसम्मको सुविधा दसैँअघि नै पाएका प्रदेश सभा सदस्यका स्वकीय सचिवले पाउने गत असोज महिनाको तलब र महँगी भत्ता रोकिएको हो ।

१२ कात्तिक, हेटौँडा ।

बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा रोकिएको छ । भदौसम्मको सुविधा दसैँअघि नै पाएका प्रदेश सभा सदस्यका स्वकीय सचिवले पाउने गत असोज महिनाको तलब र महँगी भत्ता रोकिएको हो । गत भदौमा भएको जेनजी समूहको आन्दोलनपछि गठित सरकारले खर्च मितव्ययिताका लागि स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेसँगै बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधाबापतको भुक्तानी रोकिएको छ ।

प्रदेश सभाका सचिव रामकुमार पौडेलले लेखा नियन्त्रकको प्रणालीले नै रोकेकोले भुक्तानी प्रक्रिया अगाडि बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा रोक्नेबारेमा कतैबाट पत्राचार नभएको भन्दै प्रणालीबाटै रोकिएकाले भुक्तानी नगएको बताउनुभयो ।  उहाँका अनुसार केही स्वकीय सचिवको भदौभन्दा अघिको तलब सुविधासमेत रोकिएको र भुक्तानी गर्न खोज्दा प्रणालीबाटै नमिलेका कारण भुक्तानी भएको छैन ।

उता बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयको सूचना अधिकारी सुरज पौडेलले मन्त्रालयले प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा मन्त्रालयले नरोकेको र रोक्नेबारेमा प्रदेश सरकारले पनि कुनै निर्णय नगरेको बताउनुभयो । प्रदेश सभा सदस्यका स्वकीय सचिवले नायब सुब्बा सरहको तलबबापत ३७ हजार ७३० रुपियाँ र महँगी भत्ताबापत पाँच हजार रुपियाँ पाउने छन् । ९५ जना प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा रोकिएको प्रदेश सभा सचिवालयको भनाइ छ ।

सचिवालयको लेखा शाखाका अनुसार प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधाको तलब पाना (पे रोल सिट) बनाउनै नमिल्ने गरी सिस्टम बनाइएको छ । ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा मुख्यमन्त्री र मन्त्री गरी १४ जनाका स्वकीय सचिवको तलब सुविधा मन्त्रालयबाटै भुक्तानी हुने व्यवस्था रहेको छ । प्रदेश सभाका प्रदेश सभामुखले राजीनामा दिएका कारण सभामुखको स्वकीय सचिवको असोजको तलब रोकिएको छ भने उपसभामुखको स्वकीय सचिवको तलब सुविधा भुक्तानी भइसकेको छ ।

प्रदेश सभा सचिव पौडेलले अन्य प्रदेशमा समेत प्रदेश सभा सदस्यको स्वकीय सचिवको भुक्तानी रोकिएको भन्दै प्रदेश सरकारको निर्णय र प्रणालीबाट खुलेपछि भुक्तानी हुन सक्ने बताउनुभयो ।  प्रदेश सभा सदस्यको स्वकीय सचिवको असोजको मात्र तलबबापत ३५ लाख ८४ हजार ३५० र महँगी भत्ताबापत चार लाख ७५ हजार भुक्तानी बाँकी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई
एनपीएलमा सट्टेबाजी गर्ने ८ जना भारतीय पक्राउ
लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने