विपिन जोशीको अवस्था अज्ञात : परराष्ट्र मन्त्रालय

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन २७, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २७ असोज, काठमाडौँ ।
  • परराष्ट्र मन्त्रालयले गाजापट्टीमा हमासले बन्धक बनाएका विपिन जोशीको अवस्था अज्ञात भएको जनाएको छ ।
  • ‘आज बिहान इजरायलको स्थानीय समय अनुसार ७:३० बजे इजरायली सेनाले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरुमा निज विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको छ ।

२७ असोज, काठमाडौँ ।

परराष्ट्र मन्त्रालयले गाजापट्टीमा हमासले बन्धक बनाएका विपिन जोशीको अवस्था अज्ञात भएको जनाएको छ । ‘आज बिहान इजरायलको स्थानीय समय अनुसार ७:३० बजे इजरायली सेनाले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरुमा निज विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको छ ।

’ परराष्ट्र मन्त्रालयद्वारा सोमबार दिउँसो जारी गरेको विज्ञप्तीमा भनिएको छ । परराष्ट्रले हमासको कब्जामा रहेका सबै जीवित बन्दीहरुको रिहाइ र मृतक बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर रुपमा जानकारी अद्यावधिक गर्ने जानकारी गराएको छ । ‘विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत २ वर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरु गरेको व्यहोरा विदितै छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किशोरी बलात्कारको आरोपमा २ युवा पक्राउ
धनगढी पुगे प्रधानमन्त्री प्रचण्ड
सवा ६ अर्ब नाफामा नेपाल टेलिकम
बेंगलुरु हत्याकाण्डमा अर्को खुलासा: ‘मुक्तिसँग बिहे गर्न चाहन्थिन् पति छाडेकी महालक्ष्मी’
आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानी टिमलाई, फाइनलमा पुलिस पराजित
१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसँग माग्ने स्पष्टीकरण
रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि सुरु
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल