सुनसान बिपी राजमार्ग

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • २४ असोज, रामेछाप ।
  • यतिबेला दशैँ सकेर काठमाडौं फर्कनेको चाप छ।
  • देशभरिबाट काठमाडौं छिर्नेको चापका कारण काठमाडौं छिर्ने सबै सडकहरू व्यस्त छन् ।

२४ असोज, रामेछाप ।

यतिबेला दशैँ सकेर काठमाडौं फर्कनेको चाप छ। देशभरिबाट काठमाडौं छिर्नेको चापका कारण काठमाडौं छिर्ने सबै सडकहरू व्यस्त छन् । राजमार्ग किनारका होटेल तथा पसलहरूलाई भ्याइनभ्याइ छ । काठमाडौं छिर्ने देशभरिका सडक व्यस्त हुँदा काठमाडौं पूर्वबाट राजधानी काठमाडौं छिर्ने मेरुदण्ड सडकको रूपमा रहेको बिपी राजमार्गको खुर्कोट—नेपालथोक—भकुण्डे—धुलिखेल खण्ड भने सुनसान छ ।

यो सिजनकै सबैभन्दा बढी व्यापार हुने समयमा बिपी राजमार्ग किनारका होटेल, पसलहरू प्राय बन्द छन् । खुलेका पनि सुनसान छन् । खाना खाने र किनमेल गर्ने मानिसहरू छैनन् । गत असोज १७ गते रातिदेखि ३ दिनसम्मको अविरल वर्षाको कारण रोशी खोलामा आएको बाढीले काभ्रेको चौकीडाँडादेखी सिन्धुलीको नेपालथोकसम्म ठाउँ ठाउँमा सडक बगाएपछि बिपी राजमार्गको सो खण्डमा यातायात सेवा ठप्प भएको छ । जसको कारण चौबिसै घण्टा सवारी चाप हुने बिपी राजमार्ग अहिले सुनसान भएको छ । राजमार्गमा गाउँबाट स्थानीय बजारमा झर्ने साना सवारी साधन फाट्टफुट्ट देखिन्छ । बजारमा स्थानीय उपभोक्ताहरू फाट्टफुट्ट सामान किन्न आउने गर्दछन् ।

सडक बन्द भएपछि व्यापार व्यवसाय सबै ठप्प भएको सिन्धुलीको रातमाटा बोहोरेटारका व्यवसायी राजेश कार्की बताउँछन् । ‘बिपी हाइवेका सबै बजार राजमार्गकै कारण चल्ने हो, यातायात बन्द भएपछि व्यापार व्यवसाय ठप्प छ’, उनले भने । बाढीले बिपी राजमार्ग १६ ठाउँमा बगाएको छ । एक हप्तादेखि सडकमा यातायात साधन चलेका छैनन् । बगाएको सडकमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा सडक विभाका प्राविधिकहरू जुटिरहेका छन् । आज साँझसम्म सडक निर्माण गरेर यातायात साधन चलाउने योजनाका साथ काम भइरहेको छ । सडक सञ्चालन भएपछि राजमार्ग किनारको व्यापार व्यवसाय फेरी उठ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
सुन्सरीको इनर्वामा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्रीबाट राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड
शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा
तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव
काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
यस्तो छ तपाइको आजको राशिफल
युवालाई देशमै रोक्न शिक्षा र रोजगारीमा सुधार आवश्यक : सुमना श्रेष्ठ