आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ ३, २०८१
|
|
१३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • आज प्रतिनिधिसभाको बैठक बस्दै छ।
  • सङ्घीय संसद् सचिवालयले आज बस्ने बैठकको सम्भावित ९ वटा कार्यसूची तय गरेको छ।

काठमाडौं ।

आज प्रतिनिधिसभाको बैठक बस्दै छ। सङ्घीय संसद् सचिवालयले आज बस्ने बैठकको सम्भावित ९ वटा कार्यसूची तय गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ।

त्यस्तै बैठकमा उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संसद् अवरोध गरिरहेको छ। संसद्को अवरोध खोल्ने विषयमा पटक पटक छलफल भएपनि अहिलेसम्म ठोस सहमतिमा भने पुगेको छैन।

कार्यसूची

[pdf-embedder url=”https://press4k.com/wp-content/uploads/2024/05/Karya-suchi.pdf” title=”Karya suchi”]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिँदैन : केपी ओली
मोटरसाइकल ट्रकमा ठो*क्किँदा चालकको मृ*त्यु
वायुसेवा निगमको लापरबाहीले आन्तरिक उडान पूर्ण रुपमा बन्द
आज देश नसोचेको अवस्थामा पुगेको छ, मेरोभन्दा देशको बारेमा सोच्नुहोला: तोसिमा कार्की
प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, ६२ जना घाइते
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न