भारतीय अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन १४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १४ असोज, कञ्चनपुर ।
  • भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य अवरुद्ध भएको छ ।
  •  बेलौरी नगरपालिका–८ पचुँइस्थित नेपाल–भारत सीमास्तम्भ नम्बर ३८ नजिक रहेको हुलाकी राजमार्ग सडकखण्डको करिब ७०० मिटर सडक आव २०७३-७४ मा ठेक्का भए पनि भारतीय अवरोधका कारण कार्य अगाडि बढ्न सकेको छैन ।

१४ असोज, कञ्चनपुर ।

भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य अवरुद्ध भएको छ । बेलौरी नगरपालिका–८ पचुँइस्थित नेपाल–भारत सीमास्तम्भ नम्बर ३८ नजिक रहेको हुलाकी राजमार्ग सडकखण्डको करिब ७०० मिटर सडक आव २०७३-७४ मा ठेक्का भए पनि भारतीय अवरोधका कारण कार्य अगाडि बढ्न सकेको छैन ।

नगरप्रमुख पोतिलाल चौधरीका अनुसार भारतीय पक्षले इस्ट्रिप नक्साको आधार मान्दै सडक निर्माणको कार्यमा भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माणमा अवरोध पुऱ्याउँदै आएको छ । सीमा क्षेत्रभित्र पर्ने सडक भन्दै भारतीय पक्षले अवरोध गर्दै आएको उनले बताए। उनका अनुसार सडकखण्डको दक्षिणतर्फ ५० मिटरदेखि ३०० मिटरसम्म नेपाली जग्गाधनी पुर्जा भएको जमिन नेपालीले वर्षौंदेखि भोगचलन गर्दै आएका छन् । सडक निर्माणका लागि आवश्यक पहल गरि दिनका लागि प्रधानमन्त्रीलाई पत्रमार्फत अवगत गराइएको नगरप्रमुख चौधरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध
ओली पक्राउ प्रकरणमा कानुनविद्ले भने : कानुनी प्रक्रिया मिचेर कारबाही गर्न मिल्दैन
सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो
काठमाण्डौ महानगरपालिकाद्वारा सीप मेलाका लागि आवेदन आह्वान
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
एयर इन्डिया विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित सबै २४२ यात्रुको मृत्यु
धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही
मर्स्याङ्दी जलविद्युतबाट प्रभावित परिवालाई २१ करोड मुआब्जा वितरण
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते