इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र ३०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ३० भदौ, काठमाडौं ।
  • यमनको राजधानी सानाको ताह्रिर स्क्वायरस्थित दुई पत्रिकाको कार्यालयमा इजरायली हवाई आक्रमण हुँदा ३१ सञ्चारकर्मीको मृत्यु भएको छ ।
  • बुधबार बेलुकी भएको उक्त आक्रमणपछि स्थानीय समुदायमा शोक र आक्रोश फैलिएको छ ।

३० भदौ, काठमाडौं ।

यमनको राजधानी सानाको ताह्रिर स्क्वायरस्थित दुई पत्रिकाको कार्यालयमा इजरायली हवाई आक्रमण हुँदा ३१ सञ्चारकर्मीको मृत्यु भएको छ । बुधबार बेलुकी भएको उक्त आक्रमणपछि स्थानीय समुदायमा शोक र आक्रोश फैलिएको छ । हौती समूहले एक वक्तव्य जारी गर्दै २६ सेप्टेम्बर र अल–यमन पत्रिकाको कार्यालयमाथि इजरायली विमानले बम आक्रमण गरेको र भवनहरू पूर्णरूपमा ध्वस्त भएको जनाएको छ ।

समूहले यस आक्रमणले आफ्नो सञ्चार गतिविधि कमजोर नहुने पनि स्पष्ट पारेको छ । आइतबार बिहान स्थानीय सञ्चारकर्मीहरूले ध्वस्त कार्यालय स्थलमा पुगेर मृतक सहकर्मीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । २६ सेप्टेम्बरमा पत्रिकाका पत्रकार इस्साम अल–मोश्कीले भने, “इजरायली विमानहरूले चारवटा बम प्रहार गरे, जसले हाम्रो भवन पूर्ण रूपमा ध्वस्त बनायो । हाम्रो संस्था कुनै पनि सैन्य गतिविधिसँग सम्बन्धित छैन् । धेरै पत्रकारहरू आफ्नो कर्तव्यमा रहेका बेला ज्यान गुमाए । आसपासका आवासीय घरहरू पनि क्षतिग्रस्त भएका छन्, जसमा महिला र बालबालिकाको पनि मृत्यु भएको छ ।”

हौती समूहका प्रेस अधिकारी ओमर अल–बुखैतीले भने, “इजरायलले बारम्बार सञ्चारमाध्यमहरूलाई निशाना बनाउँदै आएको छ, विशेष गरी ती मिडियाहरूलाई जसले इजरायलका अत्याचारहरू उजागर गर्छन् । यी पत्रकारहरूलाई योजनाबद्धरूपमा मारिएको हो ।” हौती नियन्त्रित स्वास्थ्य निकायका अनुसार सानामा भएको इजरायली आक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ भने १६५ जना घाइते भएका छन् ।  जसमा महिला र बालबालिका पनि छन् । भग्नावशेषभित्र अड्किएका मानिसहरूको उद्धार कार्य जारी रहेको छ । इजरायली सेनाले भने आफूहरूले हौती समूहका सैन्य शिविर, सार्वजनिक सम्पर्क केन्द्र र इन्धन भण्डारणस्थलमा प्रहार गरेको दाबी गरेको छ । हौती समूहले भने इजरायलमाथि आक्रमणहरू जारी राख्ने र गाजामा युद्ध तथा नाकाबन्दी अन्त्य गर्न दबाब दिइरहने बताएको छ । सीसीटीभी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा
मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि सय वटा कार्य स्वीकृत
रोमाञ्चक खेलमा नेपाल दक्षिण अफ्रिकासँग पराजित
हुम्लामा ट्रकको ठक्करबाट महिलाको मृत्यु
छठ महापर्वको दोस्रो दिन आज ‘खरना’
ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई गोल्छा ग्रुपले दियो २० थान मोटरसाइकल
ओलीलाई शेखरको प्रश्न : कुलिङ पिरियड नराख्‍ने हठ किन र कस्को लागि ?
‘नाडा अटो शो’ मा दुई दिनमा झन्डै ४८ हजारले अवलोकन गरे
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह