भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • २७ भदौ, काठमाडौं ।
  • चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दीहरू क्रमशः फर्किन थालेका छन् ।
  • बुधबार बिहान आगजनी गरी भागेका ७४० कैदीमध्ये ५४ जना आफैं फर्किएको जिल्ला कारागार चितवनले जानकारी दिएको छ ।

२७ भदौ, काठमाडौं ।

चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दीहरू क्रमशः फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरी भागेका ७४० कैदीमध्ये ५४ जना आफैं फर्किएको जिल्ला कारागार चितवनले जानकारी दिएको छ ।

बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हाल्दासमेत कैदीबन्दी निस्किन सफल भएका थिए । कारागार प्रमुख रविन्द्र ढुंगानाका अनुसार, फोन सम्पर्कपछि कैदीहरू फर्किन थालेका हुन् । ५५० जनाको क्षमता भएको भरतपुर कारागारमा ७४० कैदीबन्दी रहेका थिए, जसमा ४६ जना महिला थिए। आगजनीपछि सुरक्षाकर्मीले नियन्त्रण गर्न नसक्दा कैदीहरू गेट तोड्दै बाहिर निस्केका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला
पूर्व शिक्षामन्त्री उपाध्यायको निधन
कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल
पहिराले उदयपुरका ग्रामीण सडक अवरुद्ध
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
नेपाली कम्युनिष्ट पार्टी र जसपाबीचको एकता अन्तिम चरणमा
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
एमाले राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा