देशभरबाट १४ हजार ३०७ कैदीबन्दी फरार, १२ हजार ८५२ जना अझै बाहिरै

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र २६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २६ भदौ, काठमाडौं ।
  • Gen-Z आन्दोलनबाट सिर्जित संकटको फाइदा उठाउँदै देशका विभिन्न जेलबाट १४ हजार ३०७ कैदीबन्दी भागेको प्रहरीले जनाएको छ ।
  • पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएपछि कारागारमा कैदीबन्दीहरू भाग्ने क्रम बढेको थियो ।

२६ भदौ, काठमाडौं ।

Gen-Z आन्दोलनबाट सिर्जित संकटको फाइदा उठाउँदै देशका विभिन्न जेलबाट १४ हजार ३०७ कैदीबन्दी भागेको प्रहरीले जनाएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएपछि कारागारमा कैदीबन्दीहरू भाग्ने क्रम बढेको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार भागेका १४ हजार ३०७ भागेकामध्ये १ हजार ४५५ लाई पुन: पक्राउ गरी फर्काइएको छ । अझै १२ हजार ८५२ जना कैदीबन्दी बाँकी छन् । घिमिरेका अनुसार भागेका ५७३ जना थुनुवाको पनि खोजी भइरहेको छ । अधिकांश युनिटका टोली काममा फर्किसकेका छन् ।

घिमिरेले भने, ‘भागेका सबैलाई खोज्ने उर्दी गरिसकेका छौं । हामी सम्पर्क विच्छेदजस्तै अवस्थामा छौं । बरु कहीँ कतै केही भए सर्वसाधारणले हामीलाई सूचना दिनुहोला ।’ प्रकरी कार्यालयमा गएर तोडफोड, आगजनी र हतियार खोस्ने हुन थालेपछि प्रहरी ज्यान जोगाउन युनिट छाडेर हिँडेका थिए । हिजो बुधबार पनि बिहानैदेखि कैदीबन्दी भाग्न खोजेपछि डिल्लीबजारस्थित कारागारको स्थिति तनावग्रस्त भयो । देशका अन्य ठाउँमा पनि कैदीबन्दी भागेका छन् । मंगलबार साँझ तुलसीपुर कारागारबाट १ सय २५ जना कैदी निस्किएर भागे । भागेकामध्ये ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ । नख्खुबाट सुरू भएको कारागार विद्रोहको आगो अन्य सल्किएको थियो ।

कपिलवस्तु, सिन्धुली जेल, डोटीको बाल सुधार गृह, सुनसरीको झुम्का कारागारबाट पनि अधिकांश कैदी भगाइएको छ । मोरङ कारागारमा कैदी भगाउन खोजिएपछि नेपाली सेनाले हवाई फायरसम्म गर्‍यो । विराटनगरका बाल सुधार गृहबाट २ सय बढी भागेका छन् । सोही बराबरको सङ्ख्या रौतहट कारागारबाट पनि कैदी भागेका छन् । यस्तै बझाङबाट ६५ कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी भागेका छन् । नेपालगन्जको नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँचजनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बाल सुधार गृहबाट ७६ जना भागेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु
मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश
पत्रकार यादवमाथि आक्रमण गर्ने नवल किशोर पक्राउ
योग र ध्यानले भ्रष्टाचार हट्न सक्छ : शिक्षामन्त्री पुन
सुकुम्बासी बस्ती संरक्षणका लागि वाइसीएलले सुरु गर्‍यो तटबन्ध निर्माण
वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिइने
अख्तियारको छानबिन चलिरहँदा विमानस्थल अध्यागमन कार्यालयका १४ कर्मचारीको सरुवा
काठमाडौं महानगरमा ताला फोडेर प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइयो
नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार