माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै

nepaltathya_news nepaltathya_news
|
शनिबार, भाद्र २१, २०८२
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • २१ भदौ, काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्ने भएको छ ।
  • अभियानका लागि पार्टी अध्यक्ष प्रचण्ड शनिबार पोखरा पुगेका छन् ।

२१ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्ने भएको छ । अभियानका लागि पार्टी अध्यक्ष प्रचण्ड शनिबार पोखरा पुगेका छन् । गत जेठ २ गते बैतडीको पाटनबाट अभियान थालेको माओवादी केन्द्रले वर्षा सुरु भएसँगै स्थगन गरेको थियो ।

वर्षाका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान कास्कीको रुपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुन: सुरु हुन लागेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार शनिबार दिउँसो ३ बजे औपचारिक कार्यक्रम गरेर अभियान अघि बढ्नेछ । गएको साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकले बाँकी जिल्लामा भदौ २१ देखि पुन: अभियान थाल्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?