यस्तो छ तपाईको आजको राशिफल

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन ३०, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ ।
  • रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला ।
  • विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूका आज समय शुभ छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ ।

 

  1. बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय सामान्य छ । मिश्रित प्रभाव भएको दिन भएकाले आज सहयोगीहरूको भावना बुझ्न नसक्दा नरमाइलो हुनसक्छ, सतर्क रहनु पर्छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । व्यापार तथा कृषिमा फाइदा नै हुने देखिन्छ । काममा ढिलो गरी सफलता आर्जन गर्न सकिने छ । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । हिम्मतले काम बनाउन सकिने छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि आज समय खराब रहनेछ । समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन । काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार÷व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन र प्रसन्नतापनि मिल्नेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय सामान्य छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

 

ज्योतिष परामर्शको लागि हामीलाई Whatsapp मा +9779880798240 सम्पर्क गर्न सक्नुहुन्छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय खराब छ । अरूका काममा समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस । व्यावसायिक काममा खर्च बढ्नेछ । धैर्य र संयमताका साथ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय शुभ छैन । कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन । गोपनीयता भङ्ग हुने खतरा छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय सामान्य छ । घरायसी समस्यामा तल्लीन हुनुपर्ने भएकाले मनोरञ्जन र रामरमाइलो गर्ने फुर्सत पाइँदैन । व्यक्तिगत स्वास्थ्यमा उतारचढाव आउने सम्भावना हुन्छ । पति÷पत्नीका आपसी समस्याले मन खिन्न हुनसक्छ । विविध चुनौती र तनाव आइलाग्न सक्छन । चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ । बाध्यताले मन खिन्न तुल्याउनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि समय सामान्य छ । प्रयत्न गर्दा पनि कामबाट फाइदा उठाउन सकिंदैन । यात्रामा झन्झट र झमेला आइलाग्न सक्छन । सामान हराउने वा चोरी हुने डर हुन्छ । शत्रुको चलखेल बढ्ने छ । रोगव्याधिको प्रकोप सुरु हुनसक्छ । आहारविहारप्रति सचेतता अपनाउनु पर्छ । झैझडा र मुद्दा–मामिलाभन्दा टाढा रहेको जाति हुन्छ । बिक्रीबट्टा र व्यापारमा सामान्य फाइदाको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज स्वास्थ्य भरपर्दो नरहला । कुनै समाचारले मन बिथाल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन । व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ । यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ । आम्दानी हुनेछ तर विभिन्न भौतिक साधन जुटाउने क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय खराब रहनेछ । कुनै समाचारले मन बिथाल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन । व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ । यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ । आम्दानी हुनेछ तर विभिन्न भौतिक साधन जुटाउने क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा
नाराबाजी गर्दै जनमतले घेर्‍यो बलरा नगरपालिका
दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर
बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
धवलागिरि हिमपातमा परी बेपत्ता तामाङको शव काठमाडौँ ल्याइयो।
जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, निशमको विस्फोटक ब्याटिङ