काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख १६, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १६ वैशाख, काठमाडौं ।
  • काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको आज उद्घाटन हुँदैछ ।
  • काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिउँसो तीन बजे आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबस्टेसन र प्रसारण लाइन उद्घाटन गर्न लागेका हुन् ।

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको आज उद्घाटन हुँदैछ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिउँसो तीन बजे आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबस्टेसन र प्रसारण लाइन उद्घाटन गर्न लागेका हुन् । त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनको क्षमता ३२० एमभीए छ । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

मर्स्याङ्दी नदीजलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । आयोजना अन्तर्गत नै मार्कीचोकमा २२०/१३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छ ।  त्रिशूली नदीजलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौं उपत्यकामा ल्याउन त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।

मस्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आवद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ । प्रसारण लाइनबाट करिब २ हजार मेगावाट विद्युत काठमाडौं उपत्यकामा छिर्न सक्छ । मर्स्याङ्दी र त्रिशूलीबाट काठमाडौं उपत्यकामा भित्रिएको विद्युत्लाई मातातीर्थ सबस्टेसनबाट १३२ केभीमार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीय रुपमा आपूर्ति हुने छ । मातातीर्थबाट विद्युत्लाई १३२ केभी प्रसारण लाइनमार्फत हेटौंडातर्फसमेत प्रवाह गर्न सकिने छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो । आयोजनाको अनुमानित लागत साढे ६ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो   
जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेजको तयारी
जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं: दुर्गा प्रसाईं
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा
राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै
मुग्लिन-नौबिसे सडक दिउँसो बन्द हुने
प्रधानमन्त्रीले फिर्ता लिए आफैले गरेको चिकित्सा शिक्षा आयोग निर्णय
सात वर्षदेखि अधूरै बृहत् लिफ्ट आयोजना
निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दु*र्घटनामा मृ*त्यु