कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा

nepaltathya_news nepaltathya_news
|
शनिबार, आश्विन १२, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १२ असोज ,हेटौंडा।
  • ‌ लगातारको वर्षाले कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ।
  • यो ३१ वर्षपछि पहिलो पटक जलाशय भरिएर ढोका खोलिएको हो।

 

१२ असोज ,हेटौंडा।‌ लगातारको वर्षाले कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ। यो ३१ वर्षपछि पहिलो पटक जलाशय भरिएर ढोका खोलिएको हो। यसअघि २०५० सालमा ढोका खोलिएको थियो। जलाशयको भण्डारण क्षमता १५३० मिटर भए पनि यसपटक ३५ सेन्टिमिटर बढी पानी भरिएको थियो। नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रूपमा रहेको कुलेखानी जलाशय भरिएपछि ढोका खोल्ने निर्णय गरिएको हो। कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले जलाधार क्षेत्रमा निरन्तर पानी परिरहेकाले ड्यामको ढोका खोल्नुपरेको जानकारी दिए। हाल प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिँदैछ। गत वर्ष जलाशय पूर्ण रूपमा भरिएको थिएन, तर यस वर्ष यो क्षमता भन्दा बढी भरिएको छ। पानीको उच्च मात्रा खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालनमा आएका छन्। कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। ड्यामको ढोका खोलिएपछि तल्लो तटीय क्षेत्रहरूमा एक्कासी बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मकवानपुर प्रशासनले शुक्रवार बेलुका नै सूचना जारी गरेको थियो। सिस्नेरीदेखि वाग्मती नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जलाशयको सुरक्षालाई ध्यानमा राख्दै, ढोका खोलेर जलाशयको सतह नियन्त्रणमा राखिएको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा एक युवकलाई अमानवीय ढंगले कुटपिट, एक जना पक्राउ
भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप
प्रधानमन्त्रीको निर्देशनः सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेलाई अर्को पटक नबोलाउनू
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
ट्रकले स्कुटरलाई ठक्कर दिँदा २६ वर्षकी युवतीको मृ*त्यु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
सुक्खा पहिरोले अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन
यस्तो छ तपाइको आजको राशिफल
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस
अदालतको अवहेलाना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ