बारामा ५ किलो गाँजासहित युवक पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र १८, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • १८ भदौ, काठमाडौं ।
  • बाराको इलाका प्रहरी कार्यालय सिमराले ५ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
  • आज बिहान ७:३० बजे जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पूर्वटोलमा भारतीय नम्बरको मोटरसाइकल (BR 05 M 7718) चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीमुनी लुकाइएको अवस्थामा गाँजा फेला परेको हो।

१८ भदौ, काठमाडौं ।

बाराको इलाका प्रहरी कार्यालय सिमराले ५ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। आज बिहान ७:३० बजे जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पूर्वटोलमा भारतीय नम्बरको मोटरसाइकल (BR 05 M 7718) चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीमुनी लुकाइएको अवस्थामा गाँजा फेला परेको हो।

पक्राउ परेका व्यक्ति जितपुर सिमरा–११ खेस्रोलका २० वर्षीय मुना यादव रहेका छन्। बारा प्रहरीका अनुसार उनीमाथि आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?