जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र २६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २६ भदौ, काठमाडौं ।
  •     जेनजीले संसद विघटनसँगै अन्तरिम सरकारको माग गरिरहेको छ ।
  • यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले भने त्यसो गर्न नहुने बताएकी छन्।

२६ भदौ, काठमाडौं ।   

जेनजीले संसद विघटनसँगै अन्तरिम सरकारको माग गरिरहेको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले भने त्यसो गर्न नहुने बताएकी छन्। बुधवार सामाजिक सञ्जालमार्फत गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयासले जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई सङ्कटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट गरेकी हुन् । संसद विघटन पछि जनता सङ्कटमा पर्ने, जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता नै जोखिममा पर्ने उनको भनाइ छ।

‘नेता पो भ्रष्टाचारी भएका हुन्। ती भ्रष्ट नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। तर संसद विघटन गरेर समस्या समाधान हुँदैन। संसद विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि प्रहार गर्नु हो ।’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन् । संवाद र निकास दिनुपर्नेमा जोड दिँदै सांसदलाई जोगाउनुपर्ने आवश्यकता रहेको सांसद गौतकको जोड छ । उनले सोमबारको आन्दोलनमा गोली चलाउने र आदेश दिनेहरूलाई अपराधी करार गर्दै कानुनी कारबाही गर्नुपर्ने माग गरिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
शेयर बजारमा दिनदिनै रेकर्ड- इतिहासकै सर्वाधिक कारोबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल
सुनचाँदीको भाउमा उछाल, सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो
बैंकिङ प्रणालीबाट एकै दिन बाहिरियो २० अर्ब, कर्जाको अवस्था कस्तो ?
चरा ठोक्किएपछि खेतमै गरियो हेलिकप्टर अवतरण
नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे