आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र १५, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
  • साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिन्छ ।

 

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिन्छ ।

जसका कारण देशभर साधारणतया मौसम बदली रहेको छ भने कोशी प्रदेशको तराईदेखि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै आज राती भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली–लेखकविरुद्धको उजुरी तामेलीमा पठाउने प्रहरीको तयारी
करिब २ सय ९६ किलो गाँजासहित चारजना पक्राउ
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी
एनपीएलमा नेपालका राष्ट्रिय खेलाडीहरुको विभिन्न मूल्य तोकियाे
एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ
सुनचाँदीको भाउमा उछाल, सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो