काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज
सारांश
- २७ असार, काठमाडौँ ।
- काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ ।
- मेयर बालेन शाहले दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको एक वडाध्यक्षले जानकारी दिए ।
२७ असार, काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ । मेयर बालेन शाहले दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको एक वडाध्यक्षले जानकारी दिए । सोहीअनुसार महानगरले सबै जनप्रतिनिधिलाई खबर गरिसकेको छ ।
बैठकबाट आगामी आर्थिक वर्षको बजेटबारे छलफल भएर समय भएमा आजै त्यसको स्वीकृति गर्ने तयारी छ । यसअघि प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया