मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ २२, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २२ जेठ, जनकपुरधाम ।
  • मधेश प्रदेशमा चालू आर्थिक वर्षको योजना खरिदबिक्री भएको आरोप लागेपछि प्रतिपक्षी दलको दबाबमा सरकार छानविन गर्न तयार भएको छ ।
  • सत्तारुढ र प्रतिपक्षी दलको सहमतिअनुसार आजको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले संसदीय छानविन विशेष समिति घोषणा गरेका हुन् ।

 

२२ जेठ, जनकपुरधाम ।

मधेश प्रदेशमा चालू आर्थिक वर्षको योजना खरिदबिक्री भएको आरोप लागेपछि प्रतिपक्षी दलको दबाबमा सरकार छानविन गर्न तयार भएको छ । सत्तारुढ र प्रतिपक्षी दलको सहमतिअनुसार आजको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले संसदीय छानविन विशेष समिति घोषणा गरेका हुन् । उनले विकास योजना तथा कार्यक्रम सम्बन्धमा संसदमा कुरा उठेकाले समिति बनाएको जानकारी दिए ।

उनका अनुसार समितिमा साँसदहरु केशव राय, कुमरकान्त झा, किरण कुमारी, शम्भु कुमार साह, रहबर अन्सारी, रमिता प्रधान, कनिष्क पटेल, उर्मिलादेवी सिंह, कञ्चन विच्छा र विमला अन्सारीलाई राखिएको छ । चालू आर्थिक वर्षमा मन्त्रीहरुले सचिवालयमार्फत् दलाललाई योजना बेचेको भन्दै प्रतिपक्षी जसपा नेपाल र नेकपा माओवादी केन्द्रले पटक पटक संसद अवरुद्ध गरेको थियो । तर छानविन गर्न सरकार आनाकानी गर्दै आएको थियो । सभामुख रामचन्द्र मण्डलले समिति गठनका लागि रुलिङ गरेको झण्डै दुई महिना वित्दा पनि नगरेको भन्दै बुधवार बसेको प्रदेशसभा बैठक पनि प्रतिपक्षी दलले अबरुद्ध गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारकाे कालाे सूचीमा परेका १३ कम्पनी कुन-कुन हुन्?
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ
घुससहित पक्राउ परेका कारागार प्रशासकविरुद्ध मुद्दा दायर
भ्रष्टाचार निवारण संशोधन विधेयक समितिबाट पारित
प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह
आर्थिक सर्वेक्षण संसद्‍मा पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री
अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ
रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित