विधेयकमाथि छलफल गर्न पारीश्रमीक दिएर विज्ञ नियुक्ति गर्दै संसदीय समिति

nepaltathya_news nepaltathya_news
|
शनिबार, आषाढ २१, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २१ असार, काठमाडौं ।
  • प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकहरुमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको छ ।
  • शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकहरुमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको हो ।

२१ असार, काठमाडौं ।

प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकहरुमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको छ ।शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकहरुमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको हो । समितिमा आउन लागेको मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि वृहत छलफल गर्नुपर्ने भएकाले त्यसमा

आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्न उपयुक्त हुने समिति सभापति किरणकुमार साहले बताउनु भयो । त्यसका लागि समितिमा काशिराज दाहाल र माधव पौडेलेको नाम प्रश्तावित समेत भएको छ । तर समितिका सांसदहरुले नै मानव बेचबिखन नियन्त्रण र रोकथामको बारेमा दुवै विज्ञहरु ज्ञाता नभएको भन्दै अन्य विज्ञहरु नियुक्ति गर्नु उचित हुने धारणा राख्नुभयो । सभापति साहले सांसदहरुसँग विज्ञहरुको नाम भए दिन आग्रह गर्नुभएको छ ।  उहाँले भन्नुभयो, ‘भोलिको दिनमा हाम्रो समितिमा आउन लागेको दुई वटा विधेयक मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन

विधेयकमाथि वृहत छलफल गर्नुपर्ने भएकाले र विज्ञहरुको आवश्यकता भएको कारणले विज्ञहरु नियुक्ति गर्नुपर्ने आवश्यकता देखेका छौँ । पारिश्रमीक बिना कसैले एक दिन, दुई दिन सहयोग गर्नसक्छ । तर हामीसँग पर्याप्त विज्ञ नियुक्ति गर्न बजेट भएकै अवस्थामा किन आर्थिक हिसावले नै नियुक्ति नगर्ने । दीर्घकालीन हिसावले नंै छलफल गरेर विज्ञको नियुक्ति गर्नुपर्ने देखिएको छ । काशिराज दाहाल र माधव पौडेलेको नाम आयो । समितिलाई आवश्यक पर्ने विज्ञहरु भए अरु पात्रको पनि नाम लिन सक्नुहुन्छ ।’ समितिले पारीश्रमीक दिएर नै समितिको लागि विज्ञ नियुक्ति गर्दा कानून झनै राम्रो निर्माण गर्न सकिने सांसदहरुको धारणा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
नारायणी नदीमा हाम फालेका वृद्धको सकुशल उद्धार
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
प्रधानमन्त्री ओली नारच्याङमा
मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन
२०८१ को एसईई परीक्षा तालिका सार्वजनिक
टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गरेका युवा पक्राउको विरोधमा उत्रियो रास्वपा
स्कुटरको ठक्करबाट वृद्धको मृ*त्यु
खाद्य स्वच्छता विधेयक संसदीय समितिबाट पारित