बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १७, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • १७ चैत,बाजुरा ।
  • चैत १९ गतेदेखि देशभर सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को लागि बाजुरा जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ ।
  • शिक्षा विकास तथा समन्वय इकाई बाजुराले परीक्षाको लागि आवश्यक तयारी पूरा भएको जनाएको छ ।

१७ चैत,बाजुरा ।

चैत १९ गतेदेखि देशभर सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को लागि बाजुरा जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाई बाजुराले परीक्षाको लागि आवश्यक तयारी पूरा भएको जनाएको छ । यस वर्ष जिल्लाभरबाट नियमित तर्फका २ हजार १ सय २६ र ग्रेडवृद्वी तर्फका ३ सय गरेर कुल २ हजार ४२६ विद्यार्थी एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख टिकाराम जोशीले बताए ।

उनका अनुसार एसइई परीक्षाका लागि जिल्लामा १७ वटा परीक्षा केन्द्र तोकिएका जानकारी दिए । विगत बर्ष झैं यस वर्ष पनि परीक्षालाई स्वच्छ, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पुर्ण तयारीमा पूरा भएको बताएका छन् । परीक्षा केन्द्रमा खटिने केन्द्राध्यक्षका लागी अभिमुखिकरण तालिम समेत प्रदान गरिएको छ । साथै परीक्षालाई भरपर्दाे र पारदर्शी बनाउन सहायक केन्द्राध्यक्ष, निरीक्षक र अन्य कर्मचारीहरूको समेत व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।

सरकारले नै कडा नियम लागू गरेसंगै परीक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर परीक्षा केन्द्रमा कडा सुरक्षाको व्यवस्था गरिने भएको हे । कार्यालयका सूचना अधिकारी लालबहादुर विष्टले परीक्षाको केन्द्रमा कसैले पनि मर्यादा विपरीत कार्य गरेमा कारपाहस् गरिने समेत बताए छन्। जिल्लामा उत्तरपुस्तिका, प्रश्नपत्रलगायत परीक्षाका सामग्री जिल्लामा पुगिसकेको कार्यालयले जनाएको छ । बाजुरामा २०८१ सालको एसइई परीक्षामा दुई हजार २१६ जना सहभागी भएकामध्ये १ हजार १९९ जना उत्तीर्ण भएका थिए । त्यस्तै २०८० सालमा दुई हजार ८३४ जना विद्यार्थी एसइईमा सहभागी भएकामध्ये १ हजार पाँच ज।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्माण व्यवसायी संघ धनुषाको कोषाध्यक्ष यादवको उम्मेदवारी
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
चिनियाँ रासायनिक कारखानामा ‘भयानक’ विस्फोट
वीरगन्ज नाका हुँदै भित्रिने चार पांग्रे सवारीसाधनको आयात घट्यो
मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियता
भारतीय अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध
च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दै अफगानिस्तान
तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु
राष्ट्रिय क्रिकेट टोली आज यूएई जाँदै
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने