एमाले सचिवालय बैठक जारी
सारांश
- १७ चैत, काठमाडौं ।
- नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।
- जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बसेको यो दोस्रोपटक हो ।
१७ चैत, काठमाडौं ।
नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बसेको यो दोस्रोपटक हो । गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो ।

पार्टी कार्यालय च्यासलमा आज आज जारी बैठकमा पार्टीका आगामी कार्यक्रमबारे छलफल हुने एक नेताले जानकारी दिए । संसदीय दलको नेता चयनको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएकाले एमाले दलको नेता चयनको तयारीमा छ ।

प्रतिक्रिया