प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख १४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •    १४ वैशाखः काठमाडौँ,  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राजधानीमा भइरहेका विभिन्न प्रदर्शन, प्रदर्शन, मौलिक हकको कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण, सामाजिक सञ्जालको दर्तालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
  • बैठकको शून्य समयमा उहाँहरूले शिक्षक, चिकित्सक, लघुवित्त र सहकारी पीडितको प्रदर्शनलाई सम्बोधन गर्न, पहाडी क्षेत्रमा भइरहेको खानेपानीको अभाव अन्त्य गर्न आगामी बजेटमा विशेष व्यवस्था गर्न, सामाजिक सञ्जालको दर्ता प्रक्रियामा रहेको कानुनी व्यवधान अन्त्य गर्न सरकारलाई सुझाव दिनुभयो ।
  • सांसद अर्जुननरसिंह केसीले शिक्षकसँग यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै प्रदर्शनरत शिक्षक, आवासीय चिकित्सक, स्थानीय कर्मचारी, लघुवित्त र सहकारी पीडितका समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

 १४ वैशाखः काठमाडौँ, 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राजधानीमा भइरहेका विभिन्न प्रदर्शन, प्रदर्शन, मौलिक हकको कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण, सामाजिक सञ्जालको दर्तालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा उहाँहरूले शिक्षक, चिकित्सक, लघुवित्त र सहकारी पीडितको प्रदर्शनलाई सम्बोधन गर्न, पहाडी क्षेत्रमा भइरहेको खानेपानीको अभाव अन्त्य गर्न आगामी बजेटमा विशेष व्यवस्था गर्न, सामाजिक सञ्जालको दर्ता प्रक्रियामा रहेको कानुनी व्यवधान अन्त्य गर्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद अर्जुननरसिंह केसीले शिक्षकसँग यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै प्रदर्शनरत शिक्षक, आवासीय चिकित्सक, स्थानीय कर्मचारी, लघुवित्त र सहकारी पीडितका समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अम्मरबहादुर थापाले शिक्षकसँग तत्काल वार्ता र संवाद गरेर माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कान्तिका सेजुवालले शिक्षकसँग यसअघि भएका सहमतिको कार्यान्वयन गर्दै निःशुल्क र गुणस्तरीय शिक्षा पाउने विद्यार्थीको हक सुनिश्चित गर्न आग्रह गर्नुभयो । उहाँले आगामी आवमा कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्न अनुरोध गर्नुभयो । सांसद गङ्गा कार्कीले विभिन्न माग राखेर सडकमा आन्दोलन गरिरहेका शिक्षक, चिकित्सक र लघुवित्त पीडितलगायतको माग पूरा गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद आश्माकुमारी चौधरीले जनभावना सम्बोधन हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

डा अमरेशकुमार सिंहले राष्ट्र प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरूको वैदेशिक भ्रमणका क्रममा प्राप्त उपहारलाई सङ्ग्रहालय बनाएर राख्न सुझाव दिनुभयो । सांसद असिम साहले सामाजिक सञ्जाल नेपालको कानुनअनुसार दर्ता भएर सञ्चालित हुनुपर्नेमा जोड दिँदै त्यस्ता कानुनमा भएका उल्झन हटाउन सुझाव दिनुभयो । सांसद ईश्वरबहादुर रिजालले जनताको सङ्घर्षबाट परास्त भएको राजतन्त्र नफर्कने उल्लेख गर्दै पश्चगामी सोच र चिन्तन जनतालाई सैह्य नहुने बताउनुभयो । सांसद ईश्वरी घर्तीले पिउने पानीको अभावमा पहाडी क्षेत्रका नागरिकले सास्ती व्यहोर्नुपरेको जनाउँदै आगामी आवको बजेट निर्माणका क्रममा प्रत्येक वडामा ‘रिचार्ज’ पोखरी निर्माणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उर्मिला माझीले गोरखा भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित माझी बस्तीका रहेका ५५ परिवारका नागरिक बैङ्कको कालोसूचीमा परेर उक्त बस्ती लिलामीको अवस्थामा पुगेको जनाउँदै माझी समुदायमाथि परेको अप्ठ्यारो समाधान गर्न आग्रह गर्नुभयो ।  सांसद एकनाथ ढकालले आगामी जेठ पहिलो साता काठमाडाँैमा आयोजना हुने सगरमाथा संवादको तयारीमा सांसद्लाई पनि परिचालित गर्न आग्रह गर्नुभयो ।

सांसद कालुराम राईले हिउँदमा आगलागी र डढेलोबाट धनजनको क्षति र वातावरणीय प्रदूषण बढेको भन्दै अगलागी र डढेलो न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । सांसद अनिता देवीले भारतको जम्मुकस्मीरको पहलगाममा आतङ्कवादी आक्रमणमा एक नेपालीसहित दर्जनौँ पर्यटकको मृत्यु भएको घटनाको निन्दा गर्दै आतङ्कवादी गतिविधि निर्मुल पार्न विश्वसमुदाय एक हुनुपर्नेमा जोड दिनुभयो । सांसद किरणकुमार साहले भारतको जम्मुकस्मीरस्थित पहलगाममा धर्मका आधारमा पर्यटकमाथि आक्रमण गरिनु निन्दनीय रहेको जनाउँदै आतङ्कवादी क्रियाकलाप जहिले पनि जुनकुनै स्थानमा हुने भएकाले त्यस्ता गतिविधि नियन्त्रणसम्बन्धी सरकारको रणनीति के छ भनि प्रश्न गर्नुभयो । सांसद ज्वालाकुमारी साहले भारतको जम्मु कास्मिरस्थित पहलगाम र काठमाडौँको तीनकुनेमा भएको घटना घटनाको भत्र्सना गर्दै त्यस्ता गतिविधि स्वीकार्य नहुने बताउनुभयो । सांसद गणेश पराजुलीले पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद छिरिङ डम्डुल लामाले बिमा प्राधिकरणको अध्यक्षमा नियुक्तका विषयमा भएका निर्णय प्रक्रियाबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । —

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको अपिल
मौसम पूर्वानुमान : देशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
बागलुङमा भूकम्पको धक्का
सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार
४५ वटा कन्सल्टेन्सी बन्द गर्न प्रहरीलाई पत्राचार (सूचीसहित)
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८७ अर्ब रूपैयाँ
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता