ब्रिज कोर्स बन्द गर्ने सूचना मन्त्रालयको वेबसाइटबाट किन हटाइयो ?

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र १६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १६ चैत, काठमडौं ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बँद गर्नेे सूचना आफ्नो वेब साइटबाट हटाएको छ ।
  • आइतबार मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको थियो ।

१६ चैत, काठमडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बँद गर्नेे सूचना आफ्नो वेब साइटबाट हटाएको छ । आइतबार मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको थियो ।

आगामी १ वैशाखबाट लागू हुनेगरी बन्द गर्ने निर्णय गरेको थियो । तर सोमबार उक्त सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । मन्त्रालयका अनुसार थप प्रष्टता पार्नको लागि हटाइएको हो । ब्रिज कोर्स हटाउने निर्णयबाट मन्त्रालय ब्याक भएको भने होइन । ‘केही विषयमा प्रष्ट पार्नु पर्ने भएकाले हो । भाषा मिलाएर फेरि अपलोड हुन्छ,’ मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने । उक्त सूचनाबारेको जानकारी शिक्षामन्त्री सस्मीत पोखरेलले पनि आफ्नो फेसबुकमा राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ
सीआईबीको ‘असई’ बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ
चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन
सरकारलाई प्रभु साहको प्रश्न : के को आधारमा नागरिकले कर तिर्ने ?
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
लेक लागेका ४ अमेरिकी नागरिकको हेलिकप्टरबाट उद्दार
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए प्रहरीमा जाहेरी
शेयर बजारमा ७ महिना यताकै उच्च कारोबार
इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय