महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष २५, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   २५ पुस, काठमाडौं ।
  • नेकपा एमालेले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका सन्देश जनस्तरसम्म पुर्‍याउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ ।
  • पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार जारी गरिएको अन्तरपार्टी निर्देशनमा मंसिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न महाधिवेशनका निर्णय र सन्देशलाई व्यापक रूपमा जनतासमक्ष पुर्‍याउन भनिएको छ ।

 

२५ पुस, काठमाडौं ।

नेकपा एमालेले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका सन्देश जनस्तरसम्म पुर्‍याउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ । पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार जारी गरिएको अन्तरपार्टी निर्देशनमा मंसिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न महाधिवेशनका निर्णय र सन्देशलाई व्यापक रूपमा जनतासमक्ष पुर्‍याउन भनिएको छ । एमालेले एघारौँ राष्ट्रिय महाधिवेशनले प्रतिगमनविरुद्ध व्यापक जनमत निर्माण गर्ने तथा भदौ २३ र २४ गतेका घटनाबाट राष्ट्रिय राजनीति र पार्टी जीवनमा उत्पन्न समस्याको विधिसम्मत समाधान खोज्ने उद्देश्य लिएको स्पष्ट पारेको छ । अन्तरपार्टी निर्देशनमा ती दुवै उद्देश्यमा महाधिवेशन पूर्ण रूपमा सफल भएको उल्लेख छ ।

महाधिवेशनका क्रममा प्रतिनिधि चयनदेखि नेतृत्व निर्वाचनसम्म देखिएका बहस र विवाद समाप्त भएको पार्टीको दाबी छ । ‘निर्वाचनका समयमा देखिएको समूहबन्दी त्यहीँ सकिएको छ । अहिले पार्टी वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा पुनः एकताबद्ध भएको छ,’ निर्देशनमा भनिएको छ । एमालेले दोस्रो विधान महाधिवेशनबाट पारित दस्तावेज र एघारौँ राष्ट्रिय महाधिवेशनबाट अत्यन्त लोकतान्त्रिक ढंगले चयन गरिएको नेतृत्वलाई आधार मानेर पार्टी अघि बढ्नुपर्ने जनाएको छ । ‘आगामी पाँच वर्षका लागि नीति र नेतृत्वको प्रश्न विधिसम्मत रूपमा निरूपण भएको छ,’ निर्देशनमा भनिएको छ, ‘अब पार्टी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य हासिल गर्न एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नुपर्छ।’ भदौ २३ र २४ गतेका घटनालाई एमालेले राष्ट्रको जीवनमा गम्भीर र दुःखद घटना भएको उल्लेख गरेको छ । ती घटनाले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको र संविधानले नचिनेको सरकारले जननिर्वाचित सरकारको स्थान लिएको पार्टीको आरोप छ । ‘असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरियो, संविधान घायल बनाइयो, राष्ट्रको अस्मिता र लोकतन्त्रका आधार स्तम्भमाथि प्रहार गरियो,’ निर्देशनमा उल्लेख छ । यस्तो अवस्थामा मुलुकलाई सही दिशातर्फ फर्काउन आन्दोलनकारी ढंगले अघि बढ्नुपर्ने एमालेको निष्कर्ष छ । प्रतिनिधिसभा पुनस्र्थापना होस् वा निर्वाचन—दुवै मोर्चामा सफलता प्राप्त गर्न पार्टीपंक्ति एकताबद्ध भएर आन्दोलनकारी ढंगले अघि बढ्नुपर्ने एमालेले स्पष्ट पारेको छ । साथै अन्तर्राष्ट्रिय घटनाक्रमले पनि राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र लोकतन्त्रको रक्षाका लागि सतर्क र संघर्षशील हुनुपर्ने आवश्यकता पुष्टि गरेको पार्टीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
चार्जिङ सेन्टरमा राखेको माइक्रोबस बनस्थलीबाट चोरी, एक पक्राउ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
म्हैपीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से
खातुनले अझै पाइनन् आफ्नो समाजिक सुरक्षा भत्ता
सङ्घीय संसद् सचिवालयको सर्वदलीय बैठक बिहीबार बस्दै
गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’