मुम्बईसँग कोलकाता ६ विकेटल पराजित

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र १६, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   १६ चैत,काठमाडौं ।
  • इण्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इण्डियन्सले जित हात पारेको छ ।
  • मुम्बईको घरेलु मैदानमा भएको खेलमा मुम्बईले कोलकाता नाईट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो ।

 

१६ चैत,काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इण्डियन्सले जित हात पारेको छ । मुम्बईको घरेलु मैदानमा भएको खेलमा मुम्बईले कोलकाता नाईट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको २२१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएरको थियो । मुम्बईको जितमा ओपनर रायन रिकल्टनले सर्वाधिक ८१ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए ।

उनले ४३ बलमा ४ चौका र ८ छक्का प्रहार गरे ।रोहित शर्माले १४८ रनको शतकीय साझेदारी गरे । रोहितले ३८ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७८ रन बनाउँदै आउट भएका थिए । तिलक बर्मा २० तथा सुर्यकुमार यादव १६ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्ड्या १८ रनमा अविजित रहे । पहिलो खेलमा जितका साथ मुम्बई २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?