नेपाली पौडी खेलाडी शाहले बनाए कीर्तिमान रेकर्ड

nepaltathya_news nepaltathya_news
|
मंगलबार, श्रावण १५, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १५ साउन,काठमाडौँ – पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले एक सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् ।
  • पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दूरी ५१.
  • ९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.

 

१५ साउन,काठमाडौँ – पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले एक सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् ।

पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । राष्ट्रिय रेकर्ड कायम गरे पनि उनी ५९औँ स्थानमा रहँदै पहिलो चरणबाट नै बाहिरिए । यसअघि एक सय मिटर फ्री स्टाइलमा एलेक्जेन्डरको नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान थियो । कूल दश वटा हिट्सको प्रतिस्पर्धा पश्चात् १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुगेका छन् ।

पेरिस ओलम्पिकमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा र ब्याडमिन्टनका प्रीन्स दाहाल पनि पहिलो चरणबाट नै बाहिरिइसकेका छन् । प्रीन्सले भने समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा मात्र बाँकी छ । उनले म्याराथनमा प्रतिस्पर्धा गर्ने छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
सैनिक ब्यारेकबाट घर पठाइन थाले निवर्तमान मन्त्रीहरू
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
लेक लागेर पर्यटकको मृत्यु   
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
प्रधानमन्त्री सुशीला कार्कीले ४४ देशका राजदूतसँग छलफल गर्दै
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
आजदेखि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन
वीरगञ्जमा हैजा संक्रमण नियन्त्रणका लागि स्वास्थ्य टोली खटाइयो