Nepal No 1 Online News Portals News site -Nepaltathya.com
शनिबार, ५ बैशाख २०८३, २२ : ०५ : २१ | Apr 18, 2026

ओली र लेखक पक्राउको विरोधमा रौतहटमा एमालेको प्रदर्शन, सिडिओमार्फत सरकारलाई ज्ञापनपत्र

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १५, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • १५ चैत,रौतहट ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) रौतहट जिल्ला कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा सदरमुकाम गौरमा वृहत् प्रदर्शन गरेको छ ।
  • सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’ र ‘गैरकानुनी’ ठहर गर्दै एमाले कार्यकर्ताहरूले गौर बजारमा नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।

१५ चैत,रौतहट ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) रौतहट जिल्ला कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा सदरमुकाम गौरमा वृहत् प्रदर्शन गरेको छ । सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’ र ‘गैरकानुनी’ ठहर गर्दै एमाले कार्यकर्ताहरूले गौर बजारमा नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपश्चात् एमालेका नेता तथा कार्यकर्ताहरूको टोली जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाएका छन् । एमालेले बुझाएको ज्ञापनपत्रमा २०८२ भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति सुरुदेखि नै असहमति रहेको उल्लेख गरिएको केन्द्रिय सदस्य अजय गुप्ताले बताए । उक्त आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र न्यायिक सिद्धान्तविपरीत रहेको एमालेको ठहर रहेको उनको भनाइ छ । उनका अनुसार सोही ’त्रुटिपूर्ण’ प्रतिवेदनलाई आधार बनाएर नेताद्वय ओली र लेखकलाई पक्राउ गरिनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको भन्दै एमालेले दुवै नेताको तत्काल रिहाइको माग गरेको हो ।

साथै, भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा नयाँ उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग जोडदार माग गरिएको छ।प्रदर्शनका क्रममा झडप वा अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था अत्यन्त कडा पारेको थियो । गौरको बजार क्षेत्र र संवेदनशील स्थानहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ठूलो संख्यामा परिचालन गरिएको थियो । प्रदर्शनकारीहरूले सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा
‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री
अहिलेको संविधानअनुसार कसैको बहुमत आउँदैन : देउवा
जनताको अधिकारका नाममा गोली प्रहार गर्नु माओवादीको चरम कायरता: कांग्रेस नेता सिटौला
विमानस्थलबाट बाहिरिँदै गरेको विमानमा गोली प्रहार
राजस्व अनुसन्धान कार्यालय पथलैयाले दायर गर्‍यो ६ महिनामा ८ मुद्दा
प्रधान सेनापति शर्मा चीन प्रस्थान
सगरमाथा आरोही पहिलो महिला प्रहरी कुन्जाङलाई सईको दर्ज्यानी चिन्ह
एकै पटक ४८ एसपी र १२० डीएसपीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...