पूर्वाधार एवं वातावरणविज्ञ सुनिल लम्साललाई भौतिक मन्त्रालयको जिम्मा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र १३, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १३ चैत,काठमाडौं ।
  • बालेन शाह नेतृत्वको सरकारमा सुनिल लम्साल पनि मन्त्री बन्ने भएका छन् ।
  • रास्वपा महामन्त्री समेत रहेका उनलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

 

१३ चैत,काठमाडौं ।

बालेन शाह नेतृत्वको सरकारमा सुनिल लम्साल पनि मन्त्री बन्ने भएका छन् । रास्वपा महामन्त्री समेत रहेका उनलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । बालेन काठमाडौं महानगरपालिकाको मेयर पदमा रहँदा लम्साल पूर्वाधार एवं वातावरण विज्ञका रुपमा कार्यरत थिए । २१ फागुनको निर्वाचनमा उनी रूपन्देहीको क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । ३५ वर्षे लम्सालसँग पूर्वाधार, सहरी योजना र सुशासन क्षेत्रमा काम गरेको अनुभव छ ।

२०४७ असोजमा स्याङ्जाको बिरुवा गाउँपालिकामा जन्मेका लम्साल दुई दशकदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिका भलबारीका स्थायी बासिन्दा हुन्। भलबारीकै बोर्डिङबाट एसएलसी पूरा गरेका उनले त्यहीको लुम्बिनी इन्जिनियरिङ कलेजमा पढे। एमाले निकट अनेरास्ववियूमा क्रियाशील रहेका उनी सन् २०११ मा त्यही कलेजमा स्ववियू सभापति निर्वाचित भए।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ घर भएका लम्सालले तिलोत्तमामै रहेको लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको निती मिनाक्क्षी इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चलर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनले हाल काठमाडौं विश्वविद्यालयबाट ‘सोलिड वेष्ट म्यानेजमेन्ट’ विषयमा विद्यावारिधि गर्दैछन् । २०६२/६३ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका लम्सालले इन्जिनियरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पूर्वाधार परियोजनामा काम समेत गरिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
सुक्खा पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो
शिक्षा विधेयक टुंगोमा पुर्‍याउन गम्भीर छु : शिक्षामन्त्री
संसद् भवनमा विपक्षी दलको बैठक
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
राष्ट्रियसभाका नवनिर्वाचित दुई समितिका सभापतिले लिए शपथ
सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको बयान सकियो, हाजिर जमानीमा छाडिँदै!
जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन