Nepal No 1 Online News Portals News site -Nepaltathya.com
शनिबार, ५ बैशाख २०८३, २३ : ५१ : ५४ | Apr 18, 2026

पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र १२, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १२ चैत,विराटनगर ।
  • कोशी प्रदेशमा सञ्चालन भइरहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) ले उल्लेखनीय प्रगति हासिल गरेको छ ।
  • परियोजनालाई दिगो पर्यटन प्रवद्र्धनमार्फत प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढाइएको छ ।

१२ चैत,विराटनगर ।

कोशी प्रदेशमा सञ्चालन भइरहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) ले उल्लेखनीय प्रगति हासिल गरेको छ । परियोजनालाई दिगो पर्यटन प्रवद्र्धनमार्फत प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढाइएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालित परियोजनाको तेस्रो परियोजना निर्देशक समिति बैठक बुधबार सम्पन्न भएको हो ।

पर्यटन मन्त्री भीम पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्य तामा सम्पन्न बैठकमा नेपालका लागि स्विस राजदूत डा. डानियेल म्युवलीको विशेष उपस्थिति रहेको थियो । नेपाल र स्विट्जरल्यान्ड सरकारबिचको द्विपक्षीय सम्झौताअनुसार सञ्चालनमा आएको परियोजना हाल कोशी प्रदेशका ८ जिल्लाका २९ स्थानीय तहमा विस्तार गरिएको छ । हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यान्वयन भइरहेको परियोजना स्थानीय तहसँगको सहकार्यमा अघि बढिरहेको छ । परियोजनाको मुख्य उद्देश्य स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै दिगो पर्यटनमार्फत स्थानीयको आयआर्जन वृद्धि गर्नु रहेको छ । करिब २ अर्ब ४५ करोड रुपैयाँ लागतको यो परियोजना २०८५ साउनसम्म सञ्चालन हुनेछ ।

परियोजना अन्तर्गत चियाबारी, फाल्गुननन्द, लालीगुराँस र मुन्दुम गरी चार प्रमुख पदमार्ग विकास भइरहेका छन् । करिब ४०० किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्य राखिएकोमा हालसम्म ४५५ किलोमिटर सर्वेक्षण सम्पन्न भइसकेको छ । गत वर्ष २० किलोमिटर निर्माण सम्पन्न भएकोमा यस वर्ष १३२ किलोमिटर निर्माण भइरहेको छ भने आगामी वर्ष २३४ किलोमिटर निर्माण गर्ने योजना अघि सारिएको छ । परियोजनाले हालसम्म ३३ हजार दिन बराबरको रोजगारी सिर्जना गरिसकेको छ भने अन्त्यसम्म एक लाखभन्दा बढी स्थानीय लाभान्वित हुने लक्ष्य राखिएको छ । साथै, सीप विकास तालिममार्फत महिला, युवा तथा सीमान्तकृत समुदायको सहभागिता बढाइएको जनाइएको छ । भौतिक पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धन, बजारीकरण, ब्रान्डिङ तथा नीति सुधारमा पनि परियोजनाले काम गरिरहेको छ । मुन्दुम क्षेत्रमा स्थानीय खानाको अध्ययन, वास्तुकला अभिलेखीकरण तथा टेम्कैमैयुङ गाउँपालिकामा समुदायमा आधारित पर्यटन नीति निर्माणजस्ता पहलहरू अघि बढाइएको छ ।

बैठकले चालु तथा आगामी आर्थिक वर्षका कार्य योजना पारित गर्दै पर्यटक सुरक्षाका लागि पर्यटक प्रहरी भर्ना गर्ने, पदमार्ग मापदण्ड तयार गर्ने तथा प्रदेशको पर्यटन ब्रान्डिङ सुदृढ गर्ने निर्णय गरेको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्य तथा स्विस सरकारको सहयोगमा सञ्चालन भइरहेको यो परियोजना कोशी प्रदेशलाई दिगो, वातावरणमैत्री र सांस्कृतिक रूपमा समृद्ध पर्यटन गन्तव्य बनाउने महत्त्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले परियोजनाले प्रदेशको पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा उल्लेखनीय योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...